Jilla Ban Notis

प्रथम कञ्चनगढी नकाउट फुटवल प्रतियोगिताको आजको खेलमा फोर ब्रदर्स वासाबसही विजयी ।

0 97

कृष्ण ढकाल
बर्दघाट,माघ–१५
बर्दघाट नगरपालिका वडा नम्बर ५ को कञ्चनगढी टोलविकास संस्थाले आयोजना गरेको प्रथम कञ्चनगढी नकाउट फुटवल प्रतियोगितामा आज अर्थात विहिवार भएको खेलमा फोर ब्रदर्स वासा विजयी भएको छ ।
आजको खेल सिद्ध ज्योती सामाजिक प्रतिष्ठान,बर्दघाट १६ र फोर ब्रदर्स सरावल–२ वासावसही विच भएको थियो । आजको खेलमा प्रतियोगिता शुरु भएको १८ औ मिनेटमा सिद्ध ज्योती सामाजिक प्रतिष्ठानका जर्सी नम्वर ११ का खिम बहादुर थापाले पहिलो गोलगर्न सफल भएका थिए भने फोर ब्रदर्स सरावल–२ वासावसहीका जर्सी नम्वर ३ का रंजीत चौधरीले दोस्रो आफ्को १३ औं मिनेटमा जवाफी गोल गरेपछि दुवै टिम बराबरीमा पुगेका थिए । खेलको निद्र्यारित समयमा दुवै टिमको समान १÷१ गोल भएपछि खेल प्लान्टीमाा गएको थियो ।
प्लान्टीमा सिद्ध ज्योती सामाजिक प्रतिष्ठान,बर्दघाट १६ ले २ गोल गरेको थियो भने फोर ब्रदर्स सरावल–२ वासावसहीले ४ गोल गरी आजको खेलको जित हातपार्न सफल भएको छ ।

माघ १३ गते देखी सुरु भएको प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार र दोश्रो हुनेले नगद रु ३० हजार प्राप्त गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.