Jilla Ban Notis

नवलपरासीका विभिन्न स्थानमा विरोध प्रर्दशन ।

0 21

कृष्ण ढकाल
बर्दघाट,पुष–६

प्रधानमन्त्रीले प्रतिनिधि सभा विगठन गरेको कदमका विरुद्ध आज नवलपरासीमा विरोध प्रर्दशन भएको छ । विरोध कार्यक्रममा नेविसंघ, तरुणदल, नेपाली कंग्रेस पार्टी समर्थित नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
आज दिउसो ४ बजे भूमहि चोकमा र ६ बजे बर्दघाट बजारमा विरोध सभा भएको भएको हो । विरोध पश्चातको कोण सभामा नेविसंघ जिल्ला नेता किशोर गैरे, नेविसंघ जिल्ला सभापति ददि पौडेल लगाएतले बोल्नु भएको थियो ।
विरोध कार्यक्रममा तरुण दलका नेता सन्तोष गुरुङ, चित्र बहादुर बर्मा,सुरज भट्टराई , बिश्व हिन्दु युवा संघ अध्यक्ष बिकास थापा, सुशील भुर्तेल, विद्यार्थी नेता शिव पाण्डे,सुरज पाण्डे, नरेश भट्टराई गणेश भट्टराई, युबराज पाण्डे, मिलन भण्डारी, सुमन राना लगायत को उपस्थिती रहेको किशोर गैरेले जानकारी दिनु भएको छ ।
त्यसैगरी उता
आज बिहान नेविसंघ पाल्ही बहुमुखि क्याम्पस एकाई समितिले पनि प्रर्दशन गरेको थियो । प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै परासी बाईपास चोकमा एक घण्टा चक्काजाम गर्नुका साथै सडकमा टायर बालेर प्रर्दशन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.