Jilla Ban Notis

प्रगतिशील साकोसको निःशुल्क दन्त शिविरबाट २०० लाभावन्ति  ।

0 37

मोहन पौडेल

परासी, ३० कात्तिक

प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–९ स्वाठीले सञ्चालन गरेको निःशुल्क दन्त परीक्षण शिविरबाट करीब दुई सय लाभावन्ति भएका छन् । सहकारीले आज स्वाठीमा दन्त शिविर सञ्चालन गरेको थियो । देवदह मेडिकल कलेजका दन्त चिकित्सक एवं सोही सहकारीका स्वास्थ्य उपसमिति संयोजक डा.प्रतिक्षा पौडेल भण्डारी र डा.माला केसी नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालको दन्त परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो । सोही सहकारीमा आवद्ध शेयर सदस्यहरुका लागि आयोजना गरिएको दन्त शिविरमा बुटवल सिमेन्ट मिल्स् प्रालि, गरिमा विकास बैंक सुनवल, सुनवल डेन्टल केयर, सावरमाई मेडिसेल्स परासी र सम्राट मेडिकल बुटवलको पनि सहयोग तथा सहकार्य रहेको सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालले प्रगतिशील साकोसका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । नगरपालिकाको तर्फबाट कृषिको क्षेत्रमा कार्य गर्ने सहकारीलाई बजेट विनियोजन गरिएको भन्दै ती बजेटको उपभोग गरी समूहगत उद्यम गर्न आग्रह गर्नुभयो । उहाँले सहकारीहरुको मर्जलाई पनि जोड दिनुभयो । सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार बेचु गौड, दन्त चिकित्सक प्रतिक्षा पौडेल भण्डारी, सहकारीकी उपाध्यक्ष तुल्सी कुंवर लगायत शुभकामना व्यक्त गर्नुभएको थियो भने सुनवल–९ का वडाध्यक्ष कन्हैया थारु, नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय, बुटवल सिमेन्ट मिल्स्का प्रबन्धक लिला प्रसाद पाण्डे, सञ्चारकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.