Jilla Ban Notis

पुजारीको हत्या गर्ने अभियोगमा भारतिय नागरिक पक्राउ

0 66

सहबान अन्सारी

प्रतापपुर,२९ कार्तिक
नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक जना भारतिय नागरिक पक्राउ परेका छन । शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं। ६ कठहवावाट एक जना भारतिय नागरिक पक्राउ परेका छन । भारतको महराजगंज जिल्ला थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले गरेको मौखीक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

मौर्यलाई पक्राउगरी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यहि कार्तिक ९ गते सुस्ता गाउँपालिका वडा नं। ४ नर्सही पश्चिम टाँडी स्थित बस्ने ७२ बर्षिय पुजारी मुहँगु केवट मृत अवस्थामा भेटिएका थिए ।

Leave A Reply

Your email address will not be published.