Jilla Ban Notis

पाल्हीनन्दन गाउँपालिकाले पनि वनायो अस्थाई क्वारेन्टाईन ।

0 27

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३
कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पनि आफ्नो गाऊपालिका क्षेत्रमा पूर्वतयारीलाई तिव्रता दिएको छ । गाऊपालिका भित्र सचेतनाका अभियाहरु संचालन गर्ने देखि घरवाहिर नस्किन नदिनका लागि सबैलाई सचेत गरेको छ भने कोरोना भाईसरको आशंका लागिका र अन्य मुलुकवाट आएकाहरुलाई राख्नका लागि १० शैयाको क्वारेन्टाईन निर्माण गरेको छ । कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै पाल्हिनन्दन गाउँपालिकाले क्वारेन्टाईन निमार्ण गरेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनु भएको छ । वडा नं. ४ को पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र मा उक्त क्वारेन्टाईन स्थापना गरिएको छ । अहिले क्वारेन्टाईनमा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु खटिएका छन् । क्वारेन्टाईनमा विद्युत,पानी तथा शैचालय लगाएत आवास तथा भोजन र औषधी उपचार लगायतका सेवा गाउँपालिकाले उपलब्ध गरेको अध्यक्ष गुप्ताको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.