Jilla Ban Notis

पारीजात सा.वन उ.समितिद्धारा सरावलको राहत कोषमा ३५ हजार आर्थिक सहयोग ।

0 21

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१८
पारीजात सामुदायिक वन उपभोक्ता समिति बर्दघाट–४ले सरावल गाउँपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन राहत कोषमा ३५ हजार आर्थिक सहयोग गरेकोछ । आज पारीजात सामुदायिक वन उपभोक्ता समिति बर्दघाटको कार्यसमितिको टोली सरावल गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीलाई उक्त रकमको चेक हस्तान्त्रण गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष चुरामणी भण्डारीको नेतृत्वमा उपाध्यक्ष आनन्द पुरी,सचिव कृष्ण न्यौपाने र कोषाध्यक्ष पवित्रा रेग्मी सहितको टोली सरावल पुगेको थियो । कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि गरीएको लक डाउनका कारण पारीजात सामुदायिक वन उपभोक्ता समितिको सेवा क्षेत्रमा रहेका आफ्ना सरावलवासी उपभोक्ताहरु मध्ये दैनिक ज्यालादारी गरेर खाने मज्दुर तथा अति विपन्न घर परिवारहरुका लागि राहत वितरण गर्नका लागि भन्दै उपभोक्ता समितिले सो सहयोग गरेको समितिका अध्यक्ष चुरामणी भण्डारीले सो अवसरमा बताउनु भएको थियो । त्यसैगरी समितिले हस्तान्त्रण गरेको चेक रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष चौधरीले राहत वितरण गर्न स्थापना गरीएको प्रकोप ब्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको प्रति पारीजात सामुदायिक वन उपभोक्ता समितिलाई आभार प्रकट गर्दै प्राप्त सहयोगलाई सहि सदुपयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सो अवसरमा सारावल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रसाद पौडेलको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.