Jilla Ban Notis

पारिजात सामुदायिक वन उपभोक्ता समु्ह बर्दघाटद्धारा अन्र्तक्रिया कार्यक्रम सम्पन्न् ।

0 46

बर्दघाट,मंसीर–७

पारिजात सामुदायिक वन उपभोक्ता समु्ह बर्दघाट ४ पश्चिम नवलपरासीको आयोजनामा समुहको २१ औँ साधारण सभा तथा अधिबेशनको तयारीबारे सरोकारवाला बीच आवश्यक सल्लाह सुझाव तथा परामर्शका लगाी अन्र्तकृया कार्यक्रम शनिबार समुहको सभाहलमा सम्पन्न भएको छ । समुहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा न्मबर ४ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो । बर्दघाट वडा नम्बर ६ का वडाध्यक्ष रोहित थारुको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको उदेश्य माथि प्रकास पार्दै अध्यक्ष भण्डारीले आफ्नो नेतृत्वमा भएको कार्य समितिको प्रगति विवरण प्रस्तुत गर्दै यस सामुदायिक वन बैज्ञानिक वन ब्यवस्थापनमा गएका कारण उपभोक्ताहरुलाई पर्याप्त मात्रामा काठ दाउरा उपलब्ध गराएको र आपत विपत आइ परेका बेला निशुल्क दाउरा समेत उलब्ध गराउदै आएको र यस वनमा आबद्ध रहेका उपभोकताहरुको गरिबी निवारणका लागी अझ धेरै काम गर्न आफुहरु प्रकृयामै रहेको बताउनुभयो । सोही अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका नगर प्रवक्ता हमालले सामुहिक कार्यबाट नै सस्था अगाडी बढ्ने हुदा नेतृत्व वर्गले सो कुरामा ध्यान दिनु्पर्ने बताउदै काम गर्ने ईच्छा शक्ति भएमा विकास निर्माणका लागी रकमको अभाव नहुने कुरामाथि जोड दिदै हमालले कार्य सम्पन्न गर्न सक्षम नेतृत्वको अभाव हुन नदिन आग्रह समेत गर्नुभएको थियो ।   कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का वडाध्यक्ष रोहित थारुले वन पैदावारदेखी खोलाजन्य पदार्थ वितरण गर्दा कुनै पनि क्षेत्रलाई विभेद नगरि वनले आफ्नो कार्य क्षेत्र भित्र पर्ने उपभाक्ताहरुलाई सेवा दिदा समान रुपले दिनुपर्ने बताउनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा बर्दघाट नगर अध्यक्ष ईन्द्र कुमार रानाले कुनै पनि संघ सस्थामा नेतृत्व गर्दा राजनतिकि दलहरुको सहमति र सहकार्य गर्दै अगाडीइ बढ्नुपर्ने बताउनुभयो । सोही अवसरमा बोल्दै नेपाली कांग्रेसका बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठले सहमति भएमा आफ्नो पार्टी नेतत्व लिन पनि र छोड्न पनि सक्षम रहेको हु्दा आपसी समन्वय र सहकार्यमै अगाडी बढ्नपर्ने बताउनुभयो । कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विाकस समितिका अध्यक्ष शोभाकान्त कोइराला शिव, पत्रकार रामु भुषाल, समु्हका सललाहकार रुद्र प्रकाश उपाध्याय, चन्द्र बहादुर थापा, समुहका पुर्व अध्यक्ष डिल्लिराम चालिसे, लेखा समयोजक राधा देवी अधिकारी, कोषाध्यक्ष आनन्द पुरी लगाएतले समुहको विषयमा आ आफ्नो जिज्ञासा र धारणा राखेका थिए । कुल ४ सय ७ दशमलव १५ हेक्टर क्षेत्रफल रहेको वनमा बर्दघाट नगरपालिका वडा नम्बर ४ र ६ साविक जहदाको वडा नम्बर ३, ४, ५ ७, साविक भुजहवाको वडा नम्बर १, २, ३ र ४ र रामपुर खडौनाको वडा नम्बर ६ र ७ का उपभोक्ता रहेको र यस आर्थिक बर्षमा १ हजार ४ सय ६० उपभोक्ताले नविकरण र एक सय १६ उपभोक्ताले नयाँ दस्यता लिएका छन । समुहले आफ्नो कार्य योजना अनुसार बैज्ञानिक वन ब्यवस्थापनमा विभिन्न ब्लकबाट बार्षिक ८० वटा रुख कटान गरि आफ्नो उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ । समुहका सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मुहको अधिबेशनलाई मध्यनगर गर्दै निर्वाचन मण्डल गठन गरि सहमतिको प्रयास गरिने समुहका अध्यक्ष भण्डारलिे जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.