Sarawal sit lahar Notis

पारिजात सामुदायिक वन उपभोक्ता समूहको वार्षीक साधारणसभा सम्पन्न् ।

0 27

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२८
पारिजात सामुदायिक वन उपभोक्ता समूह बर्दघाटको २३ औं वार्षीक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष चुरामणी भण्डारीको अध्यक्षता र बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख गिरिराज पन्थको प्रमुख आतिथ्यतामा शनिवार उक्त सभा सम्पन्न् भएको थियो ।
संस्थाका उपाध्यक्ष आनन्द पुरीको स्वागत मन्तब्य र सचिव कृष्ण प्रसाद न्यौपानेको संचालनमा भएको कार्यक्रममा चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ्ग, सिद्धि विलास हमाल लगाएतको उपस्थित रहेको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि पन्थले वन जंगलको संरक्षण गर्दा उपभोक्ताहरुलाई नै फाईदा हुने भएकाले वनको सुरक्षा गर्न सबैले आ–आफ्नो स्थानवाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले वन समुह र वनका कर्मचारीहरुले मात्र वनको सुरक्षा गर्न नसक्ने भन्दै वनजंगलको सुरक्षामा सबैले चासोदिनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै पारिजात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भण्डारीले आफुहरुको समुहले अहिले ४ सय ७ हेक्टर बढी वनक्षेत्रको संरक्षण,ब्यवस्थापन तथा सदुपयोग गर्दै आएको बताउनु भएको थियो । उहांले नेपाल सरकारले बैज्ञानीक वन ब्यवस्थापन र वन ऐन २०७१ खारेज गरिएकाले आफुहरुलाई काम गर्न असहज भएको बताउनु भएको थियो । वन समुहले प्रत्येक वर्ष वनमा पुर्नउत्पादन कटान रोकिएपछि उपभोक्ताहरुलाई आवश्यक पर्ने काठहरु उपलब्ध गराउन समेत नसकिएको गुनासो गर्नु भएको थियो ।

२०५४ सालमा स्थापना भएर २०६० साल भदौ २८ गते विधिवत रुपमा दर्ता भै आफ्नो कार्य शुरुवात गरेको यस वन समुहमा अहिले १९ हजार ४ सय २७ जना उपभोक्ताहरु आवद्ध रहेको संस्थाका उपाध्यक्ष आन्नद पुरीले बताउनु भएको छ । उपाध्यक्ष पुरीका अनुसार पारिजात सामुदायिक वन उपभोक्ता समुहको कार्यक्षेत्र बर्दघाट वडा नंं.४,६,१२ र १३ संगै सरावल गाउपालिकाको वडा नं. ६ र ७ रहेको छ ।

Leave A Reply

Your email address will not be published.