Jilla Ban Notis

पारस शाह रहितको वंशिय राजसंस्थाको माग गर्दै नवलपरासी नेपाली जनता समुह।

0 16

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२२
हिन्दु राज्य र राजसंस्थाको माग गर्दै नवलपरासी नेपाली जनता ले यहि मंसीर २४ गते बर्दघाटको त्रिवेणी चोक(टि.सि.एन.) वाट बुद्ध चोक परासी सम्म बृहत कार तथा मोटर साईकिल र्याली गर्ने जनाएको छ । राप्रपा निकटका नेताहरुले आज बर्दघाट–२,चिसापानीको लन्डन ब्रिचमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी सो कुरा को जानकारी गराएका थिए ।

उनीहरुले २४ गते हुने बृहत कार तथा मोटर साईकिल र्याली कुनै पार्टी तथा जातीको नभै विशुद्ध नवलपरासीका जनताहरुले आयोजना गरेका कारण आयोजक समुहको नाम नै नवलपरासी नेपाली जनता
राखीएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

र्यालीमा करिव १ हजार मोटर साईकल तथा कार रहने र नेपाली झण्डा मुनी राजा र राष्ट्रियता सम्वन्धि नारा रहेको प्यलेकार्ड सहितको र्यालि रहने बताएका छन् । बर्दघाटको त्रिवेणी चोकवाट,भूमहि सुनवल हुदै परासीको बुद्धचोकमा गएर कोण सभा गर्ने कार्य रहेको भएपनि बक्ताहरु को रहने र को को आउने भन्नेवारेमा भने अहिले सल्लाह नभएको पत्रकार सम्मेलनमा बताएका थिए । र्यालीमा भने सबै पाटीका युवाहरुको बढी सहभागिता रहने पनि पत्रकाार सम्मेलनमाा जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा उनीहरुले गणतन्त्रको खारेजी र राजसंस्थाको पुर्नवाहलीको लागी दवाद दिन नवलपरासी नेपाली जनता ले र्यालीको आयोजना गरेको बताएका थिए । उनीहरुले पारस शाह रहितको वंशिय राजसंस्थाको निरन्तरताका लागि आफ्नो आन्दोलन जारी रहने बताएका थिए ।
अब राजा पनि केहि सुध्रिन जरुरी रहेको बताउदै उनीहरुले २०७२ सालको संविद्यान संसोधन गरेर राजसंस्था सहितको संविद्यान जारी गर्न र राजाले पहिले जसरी जनताको नासो जनतालाई नै जसरी शान्तिपूर्वक हस्तान्त्रण गरेका थिए त्यसरी नै अब जनताले पनि राजालाई शान्तिपूर्वक शाशनसत्ता हस्तान्त्रण गर्नु पर्ने उनीहरुको माग रहेको थियो ।

Leave A Reply

Your email address will not be published.