Sarawal sit lahar Notis

पश्चिम नवलपरासीमा नेपाल महिला संघ तदर्थ समिति गठन

काङ्ग्रेस ईतर र सस्थापनको बिबाद:बिधान अनुरुप चल्न ईतर पक्षको माग

0 156

 

बर्दघाट,श्रावण–२०

नेपाली काङ्ग्रेसमा आवद्ध कृयाशिल महिलाहरूले पश्चिम् नवलपरासीमा मिठु कुमारी केसिको नेतृत्वमा १५ सदस्यीय नेपाल महिला संघ तदर्थ समिति गठन गरेका छन ।

नेपाल महिला संघ जिल्ला कार्यसमितिको पदावधि सकिए सगै केन्द्रले सभापतिका लागि तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्र पठाएको थियो । तर केन्द्रले पत्र पठाएकै भोलि पल्ट तारादेवी भण्डारीलाई सभापति मनोनयन गरिएको पत्र पठाएको थियो ।

जिल्लाले सिफारिस गर्न नपाउदै अध्यक्ष उषा रावत मिश्रले भन्डारीलाई नै तोकेर पत्र पठाएपछि जिल्लाका महिला नेतृहरुले बिधान बिपरित भएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छ्न ।

“सबै महिलाहरू अवसरका लागि पार्टीमा दुख गरेका छ्न कुनै ब्यक्ति विशेषलाई नै तोकेर पठाउने भए अरुले राजनीतिक किन गर्नु?”महिला नेतृ तदर्थ समितिका अध्यक्ष मिठु केसि को भनाई छ । केन्द्र बाट पत्र आएसगै जिल्लामा केही मत्थरीएको बिवाद पुन:चुलिएको छ ।

मुलत सस्थापन पक्षले एकोहोरो रुपमा पत्र पठाएको र बिधान अनुरुप चल्नु पर्ने भन्दै ईतर समुहले असन्तुष्टि जनाउदै आएको छ ।केन्द्रले तोकेर पठाएको पत्र आधिकारिक भएकोले सोही मनोनयन नै मान्य हुने जिल्लाका सस्थापन पक्षका नेताहरूको भनाई छ ।तर पत्र आएपछि नेपाल महिला संघमा आबद्ध महिलाहरुले भने आपत्ति जनाएका छन ।

Leave A Reply

Your email address will not be published.