Jilla Ban Notis

पत्रकार कृष्ण ढकाल सहकारी पत्रकारीता अवार्ड वाट सम्मानीत ।

0 146

माधब प्रसाद घिमिरे
बर्दघाट,पुष–२५
पत्रकार कृष्ण ढकाल सहकारी पत्रकारीता अवार्ड वाट सम्मानीत हुनु भएको छ । नवलपरासीको बर्दघाटमा रहेर पत्रकारीता गर्दै आउनु भएका पत्रकार ढकाललाई आज हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी पत्रकारीता अवार्डवाट सम्मानीत गरेको हो ।

बर्दघाट–२,चिसापानीमा केन्द्रीय कार्यालय रहेर बर्दघाट नगरको भटौलिया,जिमिरेभार र पञ्चनगरमा सेवाकेन्द्र संचालन गर्दै आएको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १३औं वार्षिक साधारण सभामा पत्रकार ढकाललाई नगद र प्रशंसा पत्र प्रदान गरेर सहकारी पत्रकारीता अवार्डवाट सम्मानीत गरीएको थियो ।

पत्रकार ढकालले सहकारी सम्बन्धि सुचना,विचार तथा समाचारहरु सम्प्रेषण तथा सम्पादन गरी सहकारी अभियानलाई सफल बनाउन गर्नु भएको योगदानको कदरगर्दै यस वर्षको संस्थाले प्रदान गर्ने सहकारी पत्रकारीता अवार्ड कृष्ण ढकाललाई प्रदान गरीएको अवार्ड प्रदानका क्रममा जानकारी गराईएको थियो ।

नेपाल टेलिभिजनको पश्चिम नवलपरासी सम्वाददाता र गाउ“ले दर्पण अनलाईनका कार्यकारी निर्देशक समेत रहनु भएका पत्रकार ढकाल २०५६ सालमा रुपन्देहीवाट पत्रकारीता शुरुगरी २०७० सालवाट नवलपरासीमै रहेर पत्रकारीता गर्दै आउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.