Jilla Ban Notis

न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिता

ग्रिन प्लान्ट र काशी नोबल विजयी

0 32

स्वस्तिक श्रेष्ठ
बुटवल, २९ कार्तिक
रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा ग्रिन प्लान्ट र काशी नोबल विजयी भएका छन । शुक्रबार भएको खेलमा ग्रिन प्लान्टले सयपत्री बोर्डिङ स्कुलमाथि १४ रन तथा काशी नोबेलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ४ विकेटले पराजित गरेको हो । न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर सयपत्रीले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेको ग्रिनप्लान्टका ब्याटसम्यानहरुले पुरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ११ रनको योगफल तयार गरेका थिए । ग्रिनप्लान्टका दिलु रुचालले २७ रन तथा प्रविण काफलेले २३ रन बनाएका थिए । सयपत्रीका नुरआलम अन्सारी र बिशाल यादवले समान ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर २–२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सयपत्रीका ब्याट्सम्यानहरु १७.३ ओभरमा ९७ रनमा समेटिएका थिए । सयपत्रीका विष्णु मगरले २० रन तथा बिशाल यादवले १५ रन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न ग्रिनप्लान्टका विशाल अर्यालले किफायती बलिङ गरे । उनले शानदार ४ विकेट तथा मिलन न्यौपानेले २ विकेट लिएका थिए । खेलमा ग्रिन प्लान्टका विशाल अर्याल म्यान अफ दी म्याचबाट पुरस्कृत भए । दोस्रो खेलमा टस जितेर ज्ञानपुञ्जले ५ विकेटको नोक्सानीमा २० ओभरमा १ सय ६ रनको लक्ष्य खडा गरेको थियो । ज्ञानपुञ्जका दिपेन्द्र हिताङले १६ रन, प्रशान्त भुषालले २५ रन तथा सन्दिप महतोले २२ रन बनाएका थिए । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई काशीका ब्याट्सम्यानले १९.५ ओभरमा ६ विकेटको नोक्सानीमा जित हासिल गरेका थिए । काशीको जितमा सहजाद आलमले नटआउट ६२ रन तथा अभिषेक यादवले १० रन बनाएका थिए । ज्ञानकुञ्जका सन्देश पाण्डे र मिलन भण्डारीले समान २–२ विकेट लिएका थिए । खेलमा काशी नोबेलका सहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तरगत शनिबार प्रिक्याटरफाईनलका खेलहरु हुने छन । पहिलो खेल न्यु मुन बोर्डिङ स्कुलले होराईजन जिविएस तथा दोस्रो खेलमा न्यु होराईजन बोर्डिङ स्कुलले ग्रिन प्लान्ट बोर्डिङ स्कुलसंग सामना गर्ने छन । तिलोत्तमा नगरपालिका नवजिवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन । प्रतियोगिताको संयोजक शक्ति गौचनले प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

Leave A Reply

Your email address will not be published.