Jilla Ban Notis

नेविसंघ नवलपरासीले गर्यो अनलाइन अन्तरक्रिया

0 41

बैशाख–१०
लोकतन्त्र दिवसको पुर्व सन्ध्यामा नेपाल विद्यार्थी संघ, नवलपरासी पश्चिमको आयोजनामा अनलाइन भिडियो कन्फ्रेन्स मार्फत ू कोरोना संक्रमण, सरकारका गतिबिधी, लोकतन्त्र र नेपाली कांग्रेसू बिषयकमा अन्तरक्रियात्मक छलफल कार्यक्रम भएको छ। सो अन्लाईन कन्फ्रेन्स कार्यक्रममा संविधानसभा सद्स्य बिक्रम खनाल, जिल्लाका विभिन्न तहका नेताहरु कार्यक्रममा सहभागी हुनु भएको थियो, करिब ३ घन्टा जति चलेको कार्यक्रममा आफ्ना बिचारहरु ब्यक्त गर्ने क्रममा नेबि संघका निबर्तमान सभापति दधीराम पौडेलले कार्यक्रमको लक्ष्य उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने, विद्यार्थी नेता, चेत नारायण भण्डारी, नेबि संघका क्षेत्रीय सभापती १९क० का युबराज पान्डे, तरुण दल नवलपरासीका सह सचिब सुरज भट्टराई, मुस्लिम संघका सभापती करिम दिन शेख, युवा नेता रबिन्द्र सापकोटा, क्षेत्र न। २ का ने।का सहसचिब दिपक भुसाल,युवा नेता उमेश चन्द्र यादव, पार्टीका जिल्ला सचिब तथा प्रवक्ता कुलदिप अचार्य संविधानसभा सदस्य बिक्रम खनालले आफ्ना भनाई हरु ब्यक्त गर्नु भएको थियो। कोरोनाको कहरले समाज अस्तब्यस्त भैरहदा सरकार आफ्नो स्वार्था साद्न लागि परेको र जिम्मेबार पुर्वक कार्य गर्न न सक्दा नेपाली जनतामा लोकतान्त्रिक ब्यबस्था प्रती नै निराशा जाग्न सक्ने भएकाले यो अवस्थामा सरकार जिम्मेबार जवाफदेही हुनुपर्ने, नेपाली कांग्रेसले सदैब सहयोग गर्ने कुरा ब्यक्त गरिएका थिए। बिक्रम खनालले यो अवस्थामा स्थानीय पालिका सरकारहरुले सर्वदलीय सहभागि गराई राहत लगायत रोकथाममा लग्दा प्रभाबकारी हुने बताउदै सरकारले यस्तो अवस्थामा अध्यादेश जारी गर्नु भनेको जनताको दुख र पिडि एकातिर राख्दै यस विषम परिस्थितिमा आफ्ना राजनैतिक तथा ब्यक्तिगत स्वार्थ पुर्ती गर्न लाग्नु भनेको काम कुरो एकातिर कुम्लो बोकि ठिमी तिर भने जस्तो भएको भन्नू भएको छ। सरकारसङ्ग भएको यो मौकालाई जनता प्रती जवाफदेही र उत्तरदायी भै कार्य गर्न अनुरोध गर्दै लोकतन्त्र दिवसको पनि शुभकामना ब्यक्त गर्दै अन्लाईन मार्फत छलफल चलाउने बाताबरण निर्माण गरेकोमा नेबि संघ नवलपरासी पश्चिमलाई पनि धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको सन्चालन नेपाल विद्यार्थी संघका नेता किशोर गैरेले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.