Jilla Ban Notis

नेबिसंघद्धारा क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र ।

0 203
बर्दघाट, श्रावण–१३
नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखि क्यापस ईकाई समितिले १७ बुधे विभिन्न माग सहितको आफ्नो ध्यानाकर्षण पत्र क्याम्पस प्रमुखलाई बुझाएको छ । नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखि क्यापस ईकाई समितिका सभापति कमल बस्यालद्धारा हस्ताक्षरीत उक्त ध्यानाकर्षण पत्रमा स्थाई र अस्थाई कर्मचारी नियुक्ति गर्दा सेवा आयोगले लिएको भक्ता फिर्ता गर्नु पर्ने देखि कर्मचारी तथा प्रध्यापकहरुको बढुवा र थाई जस्ताकार्य खारेजी हुनु पर्नेसम्मका माग उक्त ध्यानाकर्षण पत्रमा समावेस गरीएको छ ।
  त्यसैगरी स्नाकोत्तरको शुल्क घटाउनु पर्ने,खेलकुद् र अन्य वहानामा लिईने शुल्क खारेजी गर्नु पर्ने, क्याम्पसमा रहेको क्वारेन्टाईन हटाएर छिटो भन्दा छिटो पठन–पाठनको वातावरण सृजना गर्नु पर्ने लगाएतका मागहरु रहेका छन् ।

Leave A Reply

Your email address will not be published.