Jilla Ban Notis

नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटीको बार्षिक साधारण सभा सम्पन्न

0 31

परासी, १५ पुष

नेपाल सुन्नी मुस्लिम राष्ट्रिय डेभ्लपमेन्ट एण्ड वेलफेयर सोसाईटी जिल्ला कार्यसमिति नवलपरासीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोसाईटीका जिल्ला अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको अध्यक्षता तथा मौलाना मुफ्ती मोहम्मद रजाको प्रमुख आतिथ्यतामा सो सभा मदरसा जामिया फैजाने अहलेबैत परासीमा सम्पन्न भएको हो । सभामा सोसाईटीका अध्यक्ष हुसैन मिँयाले बार्षिक प्रगति प्रतिवेदन र उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले लेखा प्रतिवदेन प्रस्तु गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजा नेपालको प्रदेश नं. २ जनकपुर बासी हुनुहुन्छ ।

सभामा प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजाले मुस्लिम समुदायको हक–अधिकार सुनिश्चित गराउन अझै मुस्लिम समुदायले संघर्ष गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले मुस्लिम धर्मावलम्बीहरुलाई जनसमुदायमा ईस्लामको सन्देश र यसको महत्व तथा उद्देश्य उजागर गर्न आग्रह गर्नु भयो । मुफ्ती रजाले जिल्लाका मुस्लिम समुदायहरुलाई नेपाल देशको देशभक्ति मुटुमा राखी देशमा अमनचयनका लागि आ–आफनो ठाउँबाट उदारणिय भुमिका खेल्न आग्रह गर्नु भयो ।

सभा सम्बोधन गर्दै मुफ्ती रजाले मुस्लिम समुदायहरुलाई पनि देशका असल राजनितिक दलहरु संग आवद्ध भएर देशमा शान्ती कायम गराउन र आफनो अधिकार स्थापित गराउन क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो । उहाँले मुस्लिम समुदायहरु विभिन्न पार्टी तथा समुहको नाममा विभाजन नभई बरु राष्टियताको सवालमा र सामुदायिक अधिकार स्थापितको सबालमा एकजुट भएर प्रस्तुत हुन सुझाव दिनु भयो ।

ईस्लाम धर्मको धार्मिक तथा सामाजिक सन्देशलाई समुदायमा फैलाउदै समुदायमा देखिएका विभिन्न विकृतिलाई जडैबाट उखालेर फाल्ने र एक आपसमा सामाजिक सदभाव कायम गरि अगाडी बढन मुफ्ती रजाले सबैमा आग्रह गर्नु भयो ।

यस सोसाईटीले मुस्लिम समुदायको हक–अधिकार स्थापित गराउन, समुदायमा जनचेतना जगाउन, सामाजिक सदभाव कायम गराउन, सामाजिक तथा सामुदायिक विकृति हटाई भाइचारा कायम गराउन र देशमा अमनचयन कायमका लागि क्रियाशिल भुमिका निर्वाह गर्ने उद्देश्यले गठन भएको सोसाईटीका जिल्ला अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो । यो सोसाईटी विस्तारै सबै जिल्लाहरुमा विस्तार हुदै जाने छ । यस सोसाईटीले छिटै प्रदेश लेबलमा पनि बैठक र तालिम एवं वर्कशपको आयोजना गर्ने जनाएको छ । यता जिल्ला समिति पनि केहिदिनभित्रै विस्तार हुने बताइएको छ ।

जिल्लाका ७ वटै पालिकामा सोसाईटीका संयोजक र उप संयोजक चयन

त्यसैबिच भेलामा सामुदायिक स्तरमा काम गर्न सोसाईटीलाई तहगत विस्तार पनि गर्दै जिल्लाका ७ वटै पालिकामा सोसाईटीका संयोजक र उप संयोजक चयन गरिएको छ । भेलामा रामग्राम नगरपालिकामा सोसाईटीका संयोजकमा मौलाना मोहरम अलि निजामी र उप संयोजकमा मौलाना अलाउद्दिन अंसारीलाइ सर्वसम्मत रुपले चयन गरिएको छ भने सुनवल नगरपालिकाका लागि मौलाना सफिउल्लाह अंसारी र उप संयोजकमा मौलाना सम्साद नुरीलाई चयन गरिएको छ ।

त्यस्तै बर्दघाट नगरपालिकाका लागि संयोजकमा मौलाना रहिमुद्धिन अंसारी र उप संयोजकका लागि मौलाना अख्तर अली कादरीलाई चयन गरिएको छ भने पाल्हीनन्दन गाउँपालिकाका लागि संयोजकमा मौलाना ताजुद्दिन अंसारी र उप संयोजकमा मौलाना हसन अलिमीलाई चयन गरिएको छ ।

त्यस्तै सरावल गाउँपालिकामा सोसाइटीका संयोजकका लागि मौलाना अमानुल्लाह अंसारी र उप संयोजकमा मौलाना सेराज अंसारीलाई राखिएको छ । यता प्रतापपुर गाउँपालिकाका लागि संयोजक पदमा हाफिज अलिहुसैन अंसारी र उप संयोजकका लागि हाफिज मोहम्मद याकुब अंसारीलाई चयन गरिएको छ भने सुस्ता गापामा संयोजकका लागि मौलाना जहिरुद्धिन कादरी र उप संयोजकका लागि हाफिज तसौउर कादरीलाई चयन गरिएको जिल्ला अध्यक्ष हुसैन मिँयाले जानकारी दिनु भयो ।

जिल्लाको ७ वटै पालिकामा सोसाइटीका संयोजक तथा उप संयोजकमा चयन भएका संयोजक तथा उपसंयोजकहरुलाई यस सासाईटीको कामकर्तब्य र उद्देश्य बारे आवश्यक तालिम गोष्ठीहरुको आयोजना गरिने सोसाईटीका उपाध्यक्ष मौलाना सिद्दिक मिस्बाहीले जानकारी दिनु भयो ।

सभाका अध्यक्ष मौलाना हाजी सैयद गुलाम हुसैन मिाया, सभाका प्रमुख अतिथि मौलाना मुफ्ती मोहम्मद रजा मिस्बाही, विशिष्ट अतिथि मौलाना ग्यासुद्धिन खान कादरी, अतिथि मौलाना ईल्यास खान कादरी र सोसाईटीका जिल्ला उस सभापति मौलाना सिद्दिक अलि मिस्बाहीले चयन भएका संयोजक तथा उप संयोजकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.