Jilla Ban Notis

नेपाल रेडक्रस सोसाइटी रामग्राम १२ कसिया उपशाखा नवलपरासीको सभापतिमा यादव

0 20

उर्मिला यादव 
पुस १२
रेडक्रस सबै ठाउमा , सबैका लागि भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी रामग्राम १२ कसिया उपशाखा पश्चिम नवलपरासीको पाचौ अधिबेशन शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रामग्राम १२ कसिया उपशाखा पश्चिम नवलपरासीका अध्यक्ष बुद्धिराम यादवको अध्यक्षता तथा रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आथित्यतामा अधिबेशन सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी रामग्राम १२ कसिया उपशाखा पश्चिम नवलपरासीको पाचौ अधिबेशनको लागि भएको निर्वाचनमा सभापतित्वमा बुद्धिराम यादव  तीस मतले बिजयी हुनु भएको छ भने उहाको प्रतिद्धन्दी पंचदेव गुप्ताले २२ मत प्राप्त गर्नु भएको थियो । यस्तै गरी उपसभापतिको लागी भएको निर्वाचनमा मेदना निशा ३२ मतले बिजयी हुनु भएको छ भने उहाको प्रतिद्धन्दी सम्झना चौधरीले २१ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै गरी कोषाध्यक्षमा फुल्लन गिरी , उपकोषाध्यक्षमा शिव प्रसाद चौधरी , सचिवमा अवधराज यादव, उपसचिवमा कृपाल लाल यादव , सर्वसम्मत चयन हुनु भएको छ भने सदस्यहरुमा जानवन्ती पटेल, माधव लाल श्रेष्ठ, पशुपति कोइरी, मदन प्रसाद कुर्मी र भिमनारायण शर्मा  लगायत रहनु भएको छ ।५४ मत खसेको निर्वाचनमा २ मत बदर भएको निर्वाचन अधिकृत सुभान अली अन्सारीले जानकारी दिनु भएको छ ।  कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रामग्राम १२ कसिया उपशाखाका सदस्य धुब्र शर्मा स्वागत मन्तब्य रहेको कार्यक्रममा रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवर , निर्वाचन अधिकृत सुभान अली अन्सारी , शिव प्रसाद यादव , धुब्र बहादुर प्रधान , माधव लाल श्रेष्ठ ,  रामग्राम नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष रामु समिम कुर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.