Sarawal sit lahar Notis

नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीको अध्यक्षमा अर्जुन पौडेल

0 77

कृष्ण ढकाल
बर्दघाट,फागुन–२१
नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीको १२ औं अधिवेशनले नव जिवन माबि बर्दघाटका अर्जुन पौडेलको अध्यक्षतामा नयां समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा राधिका भट्टराई र आनन्द अधिकारी रहनु भएको छ भने सचिवमा हुमनाथ सुवेदी र कोषाध्यक्षमा देब नारायण चौधरीलाई चयन गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीका अध्यक्ष भविश्वर चापागाईको अध्यक्षता र नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका कोषाध्यक्ष बिष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा बर्दघाटमा भएको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सरकारले नयां शिक्षा ऐन ल्याउनु पर्ने माग गर्नु भएको थियो ।
२०२८ सालको जनसंख्या र भुगोललाई आधार मानेर तयगरीएको शिक्ष्ाँ ऐनले अहिलेको जनसंख्या र भुगोल सुहाउदो नभएका कारण सरकारले तत्काल नयां शिक्षा ऐन ल्याउनु पर्ने माग गर्नु भएको थियो । उहांले ५० बर्ष पुरानो ऐनले अहिलेको शैक्षिक टेक्नोलोजीलाई समेट्न नसक्ने समेत उहांको तर्क थियो ।

त्यस्तै सुनवल नगरका कार्यबहाक नगरप्रमुख दधिराम अर्यालले शिक्षकहरुले देशको मुहार फेर्ने जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कार्य गरेको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो । उहांले शिक्षकहरु राज्यलाई अवश्यकपर्दा निर्वाचन गराउन, अर्थिक गणना गर्न, वा अरु जुनकुनै कामका लागि पनि तयार हुने गरेको स्मरण गराउनु भएको थियो । त्यसैगरी राज्य संचालनका लागि आफ्नो शिक्षकको जागीरवाट पेन्सेनहुने समयमा राजिनामा दिएर राजनीतीमा होमिने सम्मका योगदान शिक्षकहरुवाट हुने गरेको बताउनु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगर प्रमुख धिरज शर्मा ,सुनवल नगर का कार्यबहाक नगरप्रमुख दधिराम अर्याल ,बर्दघाट नगर उप प्रमुख माया देवि पौडेल,नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिका सह–कोषाध्यक्ष सारदा सुवेदी,प्रदेश सदस्य सोमनाथ अधिकारी,लुम्बिनी प्रदेश शिक्षक महासंघका निलादेवि डुम्रे लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा २० जना शिक्षकहरुलाई सम्मान गरीएको थियो भने एक जना शिक्षकलाई मरणोप्रान्त सम्मान गरीएको थियो ।  कार्यक्रमको संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपरासीका विजय पराजुलीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.