Jilla Ban Notis

नेपाल मगर संघको ३८ औ मगर स्थापना दिवसको अवसरमा सुनवलमा आयोजीत पुरुष भलिबल प्रतियोगिता सम्पन्न ।

0 22

अमृता सुनार
सुनवल,फागुन १३
नेपाल मगर संघको ३८ औ मगर स्थापना दिवसको अवसरमा नगर कार्यसमिति द्धारा संचालित पुरुष भलिबल प्रतियोगिता सुनवल १३ सुन्दर बस्ती मा सम्पन्न भएको छ । आजको प्रतियोगितामा सुनवल ३ किर्तीपुर र आयोजक वडा नं १३ बिच भएको प्रतियोगितामा आयोजक टिम बिजय भएको छ । त्यसै गरि भुमही १२ र धुरकोट ११ बिच भएको प्रतियोगितामा धुरकोट ११ विजय भएको छ । यसै गरी सुनवल ९ स्वाठी र सुनवल ७ अस्नैया भएको खेलमा अस्नैया विजय भएको छ । त्यसै गरी भुमही ११ र सुनवल ५ विच भएको खेलमा सुनवल ५ विजय भएको छ । यसै गरी रुपौलीया र किर्तीपुर १ विच भएको खेलमा किर्तीपुर १ विजय भएको छ । त्यसै गरी सुनवल १ बनाह र सुनवल ११ धुरकोट बिच खेल जारी रहेको छ । साथै भोली फागुन १४ गतेका दिन समिफाइनल र फाइनल प्रतियोगिता हुने छ भने विभिन्न अन्य खेल प्रतियोगिताको आयोजना हुनेछ जस्तै रसी तान्ने , छेलो फाल्ने , धनुष बाण , घैटो फोड , कुर्ची दौड तथा जिलेबी रेस खेल रहेको मगर संघ नगर अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ । साथै १५ गते हुने नृत्य प्रतियोगिता , सास्कृतिक कार्यक्रम गरी बृहत जनसमुदायको उपस्थितिमा दिवस सम्पन्न गरिने भएको हुदा सम्पुर्ण नगरबासीमा आग्रह समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.