Jilla Ban Notis

नेपाल तामाङ घेदुङ बर्दघाट नगर कार्य समितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

0 52

रामु भुसाल 

बर्दघाट,माघ–११

 तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन् । तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा शनिबार सांस्कृतिक झाँकीसहित बाजागाजार्को याली, तामाङ जातिको मौलिक वेशभूषा र खाना प्रदर्शनी सांस्कृतिक गतिविधि लगायत विभिन्न कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो ।विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेर समेत प्रचारप्रसार भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच नेपाल तामाङ घेदुङ बर्दघाट नगर कार्य समिति पश्मिच नवलपरासीको आयोजनामा बर्दघाट १६ मा पर्वको अवसर पारि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । समितिका अध्यक्ष शानु प्रेम बहादुर लामाको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ बर्दघाट नगर कमिटिका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले राज्यले सबै भाष, धर्म, र सस्कृतीलाई जर्गेना गरि राख्नका लागी विशेष योजना अघि सार्नुपर्ने र जात र भाषाको आधारमा कोइ कसैलाई पनि भेदभाव गर्न नहुने बताउदै आदिवासी जनजाति महासंघले राज्य संग आफ्ना मागहरु अघि सार्दै आएको हुदा सो माग पुरा नभएसमम आफ्नो आन्दोलन जारी रहने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ल समन्वय समितिकी जिल्ला सदस्य चन्द्रकला शर्मा, बर्दघाट वडा नम्बर १६ का वडा सदस्य थमानसिँह गुरुंग, सदस्य दिलमााय थापा लगाएतले पर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै आ आफ्ना भनाईहरु राख्नुभएको थियो । कार्यक्रममा तामाङ समुदायका भेष भुषा, सस्कृती झल्किने गरि विभिन्न विधामा रही नृत्य तथा गायन प्रस्तुत गरि शुभकामना आदान प्रदान थियो । समितिका नगर कोषाध्यक्ष देवी तामाङको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव आश बहादुर लामाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.