Sarawal sit lahar Notis

नेपाल ढकाल समाज प्रतिष्ठानद्धारा करिव २ करोडको जग्गा खरीद , ढकालहरुको दोस्रो राष्ट्रिय भेला तनहुँमा हुदै ।

0 88

कृष्ण ढकाल
नवलपरासी,फागुन–२४
नेपाल ढकाल समाज प्रतिष्ठानले कुल मन्दिर र ढकाल आश्रम निमार्णका लागि खरिद गरेको पुण्य भूमि देवघाट क्षेत्र तनहुँको जग्गा यहि फागुन २८ गते नेपाल ढकाल समाज प्रतिष्ठानका नाममा रजिष्टेशन पासगरी लिने तयारी गरेको छ ।

६ रोपनी २ आना २ पैसा २ दाम को प्लट १ करोड ८० लाख मुल्यमा खरीद गर्ने गरी २०७९ कार्तिक ३० गते जग्गा धनीलाई पन्द्र लाख रुपैया दिएर जग्गाको करारनामा (बैना) लगाएको उक्त जग्गा २०७९ पौष मसान्त सम्म रजिष्ट्रेसन पास गरी लिइसक्ने भनिएपनि रकम अभावका कारण पास गर्न नसकिएको प्रष्ठिानका केन्द्रिय अध्यक्ष टिकारामा शर्मा ढकालले बताउनु भएको छ ।

२०७९ श्रावण २६ गते देखि २८ गते तीनदिन सम्म नेपाल भरका ढकालहरुको देवघाटमा भएको राष्ट्रिय भेलाले पुण्य भूमि देवघाट क्षेत्र तनहुँमा कुल मन्दिर र ढकाल आश्रम निमार्ण गर्ने सर्बसम्मत निर्णय गरेसंगै जग्गा खरीद अभियान शुरु भएको थियो ।

जग्गा खोजि देखि पुर्वाधार निर्माण गर्न बनेको १३ सदस्य उपसिमतिको निर्णय अनुसार अहिले जग्गाको रजिष्टेशन पास लिन १ करोड रकम जग्गा धनीलाई दिईसकिएको र अहिले खातामा केहि रकम रहेकोले पास लिने र बांकी रकम दिदै जाने सहमति भएको प्रष्ठिानका केन्द्रिय उपाध्यक्ष कुल बहादुर ढकालले बताउनु भएको छ ।

ऋृषि तपोभूमी प्रशिद्ध धार्मिक स्थल देवघाट धाम क्षेत्रमा कुलदेवता को मन्दिर , खोज अनुसन्धान र अध्यायन केन्द्र तथा ढकाल आश्रम निर्माण कार्यको शुभारम्भ स्वरुप यहि चैत्र ३ गते प्रतिष्ठानकै जग्गामा ढकालहरुको दोस्रो राष्ट्रिय भेला आयोजना गरी शान्ति पथ यात्रा शुरु गरीने तयारी गरीएको अध्यक्ष ढकालले बताउनु भएको छ । ढकालहरुको दोस्रो राष्ट्रिय भेला यहि चैत्र ३ गते देखि ५ गते सम्म देवघाटको गलेश्वर आश्रमको सभाहलमा गर्ने तयारी गरीएको छ ।

जग्गा खोजि देखि पुर्वाधार निर्माण गर्न बनेको उपसिमति

टिकाराम शर्मा ढकाल संयोजक (केन्द्रीय अध्यक्ष )
हरिप्रसाद ढकाल सह संयोजक (गण्डकी प्रदेश अध्यक्ष )
तारापति ढकाल सचिव (केन्द्रीय सदस्य )
सीता शर्मा ढकाल सदस्य (केन्द्रीय सदस्य)
ई.बाबुराम उपाध्याय ढकाल सदस्य (सल्लाहकार)
बिनोदकान्त ढकाल सदस्य (सल्लाहकार)
नेत्रराज हमाल ढकाल सदस्य ( सल्लाहकार )
नवराज ढकाल चितवन सदस्य (प्रदेश सदस्य बागमती)
शिवप्रसाद ढकाल सदस्य (जिल्ला अध्यक्ष चितवन)
नारायण प्रसाद ढकाल सदस्य (जिल्ला अध्यक्ष तनहुं )
धर्मदत्त ढकाल सदस्य (जिल्ला अध्यक्ष नवलपुर )
छबिलाल ढकाल सदस्य (महानगर अध्यक्ष भरतपुर )
रामहरि ढकाल सदस्य (जिल्ला सचिव चितवन )

कुलदेवताको नाममा आफ्नु इच्छा अनुसारको रकम दानगर्न ईच्छुक कुनै पनि ढकाल बन्धुहरुले ढकाल समाज प्रतिष्ठानको मेघा बैंक नेपाल लि . हात्तीगौंडा शाखा को बचत हि नं1180050015280 मा जम्मा गर्न सकिने प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालले बताउनु भएकोछ ।

 

Leave A Reply

Your email address will not be published.