Jilla Ban Notis

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. पाँचद्धारा पत्रकारलाई प्रेस ज्याकेट प्रदान ।

0 21

गौरीशंकर जयसवाल
परासी,बैशाख–१४
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नवलपरासीका पत्रकारहरुका लागि प्रेस ज्याकेट,ग्लब्स र मास्क सहयोग गर्नु भएको छ । लकडाउनका वेला अग्रपंतिमा रहेर समाचार संप्रेसण गर्नु पर्ने पत्रकारहरुका लागि सुरक्षितहोस भनेर आफुले उक्त सामान सहयोग गरेको बताउनु भएको छ । आज संघका प्रदेश अध्यक्ष तिवारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी मार्फत कोरोना संक्रमणका विरुद्ध फिल्डमा खटिने पत्रकारहरुलाई प्रदान गर्न भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी अध्यक्ष हरि शर्मालाई उक्त सामाग्री हस्तान्त्रण गर्नु भएको थियो । हस्तान्त्रण कार्यक्रम प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय र पत्रकारहरुको उपस्थितीमा गरीएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले ७५ थान प्रेस ज्याकेट,१ हजार थान मास्क र १ सय थान ग्लब्स उपलब्ध गराउनु भएको थियो । उपलब्ध गराएको सामानहरु बुझदै अध्यक्ष शर्माले पत्रकारहरुका लागि सुरक्षाको अनुभुतिहुने खालको सामान उपलब्ध गराएको प्रति नेपाल पत्रकार महासंघको तर्फवाट हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.