Jilla Ban Notis

नेपाली कांग्रेस नवलपरासी जिल्ला सदसयमा अाठ जना मनोनित

0 106

उमेश बि.क

सरावल, जेठ २

नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला सदसयमा अाठ जना मनोनित गरिएको छ । नेपाली काङ्ग्रेसको बिधान २०१७ (संसाेधित सहित) काे दफा १२ काे उपदफा (५) काे ख २ अनुसार पाटिकाे संगठन सुदृढीकरण एवं बिस्तारमा जिल्ला सदस्यहरु मनोनित गरेको हो । रिक्त रहेको पदमा ८ जनालाई जिल्ला सदस्य पदमा मनोनित गरेको हो । मनोनित हुनेहरुमा माेहन प्रसाद शर्मा,कृष्णप्रसाद ढुङ्गाना, राजकुमार शर्मा ,माध प्रसाद चापागाईं,प्रेम बहादुर कामु,लक्ष्मी नरायण पटनवार,निल बहादुर गुरुङ,राजेश यादव रहेका छन । जिल्ला सभापति बिष्णु प्रसाद पाैडेल नेपाली कांग्रेसको विधान अनुसार जिल्लासदस्य विस्तार गरिएको जानकारी दिनुभएको हाे। सभापति पाैडेलले जिल्लाभरी पार्टीको संगठनलाई मजबुत बनाएर लैजाने बताए। जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजाने र भातृसंस्थाहरूलाई पनि गतिशीलता प्रदान गर्ने सभापति पाैडेलकाे दाबी रहेको छ।

Leave A Reply

Your email address will not be published.