Jilla Ban Notis

नेपाली काँग्रेस बर्दघाट नगरसमितिले बर्दघाटमा विरोध सभा गर्ने

0 17

कृष्ण ढकाल
बर्दघाट,पुष–२९
नेपाली काँग्रेस बर्दघाट नगरसमितिले यहि माघ ३ गते बर्दघाटमा विरोध सभा गर्ने भएको छ । संसद विघटनको विरोधमा उक्त विरोध कार्यक्रम गर्न लागिएको नेपालि  काँग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठले बताउनु भएको छ।
माघ ३ गते हुने विरोध सभालाई सम्वोधन गर्न नेपाली काँग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी आउनुहुने भएको नेपाल तरुण दल नवलपरासीका सभापति सुक बहादुर गुरुङ्गले जानकारी दिनु भएको छ ।
नेपाली काँन्ग्रेस बर्दघाट नगर समितिले विरोध सभालाई सम्पन्न् गर्नका लागि हिजो अर्थात मंगलवार नगर समितिको बैठक बसेर विरोधको कार्यक्रम काहँ ? र कसरी ? सम्पन्न् गर्ने भन्नेवारेमा छलफल गरेपश्चात नेपाली काँग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीलाई प्रमुख वक्ताका रुपमा बोलाईएको नगर सभापति शम्भुलाल श्रेष्ठले जानकारी गराउनु भएको छ ।

नगर सभापति श्रेष्ठले विरोध सभामा संसद विघटन र त्यसको परिणम,संसद विघटनको कानुनी र राजनितिक पाटो तथा अहिलेको अवस्थामा नेपाली काँग्रेसको केन्द्रिय नितिका वारेमा सर्वसाधरण जनतालाई जानकारी गराउने उद्धेश्य रहेको बताउनु भएको छ।

Leave A Reply

Your email address will not be published.