Jilla Ban Notis

नेकपा विभाजनभए सरकार र राजनितिक प्रणालीलाई असर पार्ने र संबिद्यान घाईते हुने छ ः मन्त्री त्रिपाठी

संविद्यान निमार्ण गर्दा भौगोलिक संरचनालाई बढी जोड दिईयो तर राज्यको पुनरसंरचनालाई ध्यान दिन सकिएन ।

0 29

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२१
अहिलेको नेकपाको बिवादले यदि नेकपा विभाजनभए सरकार र राजनितिक प्रणालीलाई असरपार्ने र संबिद्यान घाईते हुने बताउनु भएको छ। नेकपाको एकता र पार्टीको सफलता पाटीसंगमात्र नजोडी यसले मुलुलाई समेत असर पर्ने उहांको भनाई छ ।

त्यसैगरी मन्त्री त्रिपाठीले संविद्यान निमार्ण गर्दा भौगोलिक संरचनालाई बढी जोड दिएको तर राज्यको पुनरसंरचनालाई ध्यान दिन नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले बताउनु भएको छ। आफ्नो स्वास्थ्य उपचार पछि गृहजिल्ला नवलपरासी आउनु भएका मन्त्री त्रिपाठीले सो कुरा बताउनु भएको हो ।उहांले राज्यको पुनरसंरचनामा आफुले समेत ध्यान दिन नसकेकोमा आफु आत्मालोचित भएको बताउनु भएको छ ।

त्यसैगरी मन्त्री त्रिपाठीले अहिलेको प्रशासन संयन्त्रको बनावट त्रृटिपूर्ण रहेको बताउदै वितरण पनि त्रृटिपूर्ण रहेको बताउनु भयो । फरक प्रसंगमा मन्त्री त्रिपाठीले आफु अब कुनै दलसंग जोडीन नजाने बताउदै केहि समयपछि छुट्टै आफ्नैपार्टी दर्ता गरेर अघिबढ्ने तयारी रहेको बताउनु भयो ।

मन्त्री त्रिपाठी बुधवार देखि आफ्नो गृहजिल्लामा आएर आफ्ना कार्यकर्ताहरुसंग भेटघाटमा ब्यस्त हुन्छ। उहां आईतवार मात्र काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।
विहिवार गृह जिल्लाको बैदौली, बसहिया भुजहवा खैरटवा सोमनी सेमरी बदरीघाट गूठि प्रसौनी सुस्ताको सेखुवनवा लगाएतका क्ष्ँेत्रमा जनसम्पर्क गर्दैमा उहांको दिन बितेको थियो ।

Leave A Reply

Your email address will not be published.