Jilla Ban Notis

नेकपा (क्रान्तिकारी माओवादी) प्रतापपुर गाउपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

0 22

गोपीगंज ९ माघ

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको  संगठन सुदुढ तथा विस्तार अभियान अन्तरगत प्रतापपुर गाउपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम प्रतापपुर–२ खैरहनीमा विहीवार सम्पन्न भएको छ ।
कार्यक्रममा क्रान्तिकारी माओवादी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोलाले राष्ट्रियताका लागि देशभक्तहरु एकजुट हुने समय आएको बताए । उनले राष्ट्रिय स्वाधीनताको लागि सबै भन्दा अब्बल विचार क्रान्तिकारी माओवालीको रहेको चर्चा गर्दै उत्पिडित वर्ग क्षेत्र जाति तथा लैगिक मुक्तिका लागिपार्टीको योजना रहेको बताए । सेक्रेटरी चोलाले कालापानी जाऔं अभियानलाई सफल बनाउन पार्टी पंक्ति लाग्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सो पार्टीका प्रदेश सदस्य तथा पूर्व जिल्ला सेक्रेटरी संकल्पले बैदेशिक हस्तक्षेपका बिरुद्ध एकढिक्का भएर अगाडि बढनुपर्ने बताए । उनले भारतीय विस्तारवादे अतिक्रमण गरेको लिम्पियाँधुरा – कालापानी लिपुलेक फिर्ताका लागि संर्घष गर्नुको विकल्प नरहेको जिकिर गरे  । उनले सरकार अमेरिकी साम्राज्यवादका अगाडि झुक्दैं गएको बताउदैं इन्डो प्यासिफिक रणनीति अन्तरगतको एमसीसी कार्यान्वयन गर्दै राष्ट्रलाई हस्तक्षेपको दिशामा लागेको दावी गरे । कार्यक्रममा प्रदेश सदस्य समरको समेत आतिथ्यता थियो । कार्यक्रममा उपस्थित कार्यकर्ताले पार्टी नीतिका बारे जिज्ञाशा राखेका थिए । उनीहरुले प्रतापपुर गाउपालिकामा संगठन विस्तारको सम्भावना निकै राम्रो रहेकोले माओवादी विचारमा आबद्ध भएकाहरुबीच अन्तरक्रिया संचालन गर्न पार्टी नेतृत्वलाई सुझाव दिए । भेलाले अनिलको नेतृत्वमा ९ सदस्सीय प्रतापपुर गाउ कमिटी चयन गरेको छ । कमिटीको सदस्यहरुमा ज्योति,उज्ज्वल, उदेश्य, बिशाललगायत चयन भएका छन ्। कार्यक्रम  प्रतापपुर सेक्रेटरी अनिलको अध्यक्षता चोलाको प्रमुख आतिथ्यतामा भएको थियो । भेलाले देशभक्त जनगणतानित्रक मोर्चा र जनवर्गीय संगठनका गाउ कमिटी विस्तार तथा पार्टी केन्द्र , प्रदेश र जिल्लाका अभियानमा सक्रियतापूर्वक लाग्ने  निर्णय गरेको सेक्रेटरी अनिलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.