Sarawal sit lahar Notis

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)द्वारा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

0 68

बर्दघाट,बैशाख–१२
नेकपा(क्रान्तिकारी माओवादी ) र नेकपा (बहुमत) नवलपरासी पश्चिमले संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । मंगलवार बहुमत निकट बिद्यार्थी नेता सुवास सिंग्देलकी आमा सुशिला सिंग्देलको स्मृतिमा उहाँको निवास बर्दघाट–९ भुताहामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले दुबै पार्टी बीच एकताको सन्देश दिने समयमा आमाको असामायिक निधनले आन्दोलनलाई अपुरणीय क्षति भएको बताउनुभयो । कार्यक्रममा नेकपा(बहुमत) महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईञ्चार्ज शितलले क्रान्तिकारीहरुले मृत्यु संस्कारबाट समेत सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी समरको संचालन रहेको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला समिति नवलपरासी पश्चिमले सिंग्देल परिवारलाई पाँच हजार एक सय रुपैया नगद सहयोग गरेको थियो ।
श्रद्धाञ्जली सभामा दुवै पार्टीका जिल्लास्तरका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.