Bardaghat Krishi Notis

नेकपाद्धारा पाल्हीनन्दनमा संसदीय दल गठन ।

0 7

परासी, ४ असार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा संसदीय दल गठन गरेको छ । पार्टीको विधान अनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला गरी संसदीय दल गठन गरिएको हो ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पाल्हीनन्दन गाउँपालिका कमिटीको आयोजनामा भएको उक्त भेलाले गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)लाई संसदीय दलको नेता चयन गरेको छ । यसैगरी दलको सचेतकमा वडा नं. ३ का वडाध्यक्ष गोधन हरिजन(उमेश) र सहसचेतकमा वडा नं. ६ का वडाध्यक्ष कृष्णचन्द्र यादवलाई चयन गरेको छ । संसदीय दल १५ सदस्यीय रहेको नेकपा पाल्हीनन्दनका सचिव सुरेश गुप्ताले बताउनुभयो ।

नेकपा पाल्हीनन्दनका अध्यक्ष धुव्रनारायण बानियाको अध्यक्षता तथा जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष आजादले नेकपा नेतृत्वको सरकारले पाल्हीनन्दनसहित देशैभरी तीव्र रुपमा जनचाहना अनुसारको विकास गरिरहेकोले उच्च मनोबलका साथ जनताको सेवामा खटिन आग्रह गर्नुभयो । नेकपा सरकारले तराई मधेसका नागरिकलाई उच्च प्राथमिकता दिएर अघि बढेको बताउनुभयो ।  उक्त अवसरमा नेकपाका जिल्ला कार्यालय सदस्य विमला अर्याल, जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. २ का संयोजक थानप्रसाद गैरे, क्षेत्र नं. २(२ं) प्रदेश संयोजक जनार्दन ठाकुर, जिल्ला सदस्यहरु कृष्णचन्द्र यादव, गोधन हरिजन, दयाशंकर त्रिपाठी, शिक्षक रामप्रसाद ढकाल लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.