Jado Notish Bardaghat

नागरिकताको मागगर्दै सदरमुकाम परासीमा विरोध प्रर्दशन

0 13

परासी, भदौं–२०
आफूहरु देशभित्र अनागरिक भएर बस्नुपरेको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आईतवार प्रर्दशन गरीएको थियो । नागरिकता पाउनुपर्ने माग गर्दै उनीहरुले सदरमुकाम परासीमा विरोघ प्रर्दशन गरेका थिए ।
जन्मसिद्ध नागरिकको सन्तान भएकै कारण नागरिकता पाउन नसकेको भन्दै उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन गरेका हुन् । आफूहरु नागरिकता नपाएर पिडित बन्नुपरेको भन्दै युवाहरुले सरकारको ध्यानअर्काषण गराएका थिए ।

‘जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज बालिक भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भनेर प्रस्ट लेखिएको भएपनि आफूहरु देशभित्र अनागरिक भएर बस्नुपरेको युवाहरुको गुनासो छ ।

नागरिकता प्राप्त गर्न नसकेकै कारण उच्च शिक्षा लिनबाट वञ्चित हुनुपरेको, व्यापारा व्यवसाय गर्न, बंैकिङ्क कार्य गर्न र राहदानी बनाउन पनि नसकेर वैदेशिक रोजगारीमा जान पनि नपाएको गुनासो गर्दे प्रमुख जिल्ला अधिकारीको ध्यानआर्कषण गराएका थिए ।
विरोध र्याली जिल्ला प्रशासन कार्यालयको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । क्रममा प्रदेश सभा सदस्य वैजनाथ कलवार, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, युवा धर्मेन्द्र गिरी लगाएतले बोल्दै सरकारले तत्कालै नागरिक सम्बन्धी समस्या समाधान गर्नुपर्ने माग गर्नुभएको थियो ।

आइतबार नै नागरिकता विहिन नेपाली समूहका संयोजक ईन्द्रजित साफि र नागरिकताका लागि युवा संर्घष समिति पश्चिम नवलपरासीका संयोजक राकेशचन्द्र ठाकुरको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपति प्रधानमन्त्री, गृहमन्त्रालय, सर्वोच्च अदालत लगाएतका सम्बन्धीत निकायमा ज्ञापन पत्र पठाएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.