Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा ४ लाख १६ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

0 36

गौरीशंकर जयसवाल

परासी २५ माघ
पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा अबैध मालसमान बरामद गरेको छ । जिल्ला बिभिन्न स्थानबाट भारतबाट भन्सार छली ल्याएको ४ लाख १६ हजार १ सय ५० मुल्य बराबरको अवैध मालसामान प्रहरीले बरामद गरेको हो ।
भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा १ लाख ३९ हजार २ सय ५० मुल्य बराबरको लेडिज उलन कुर्ता सुरवाल, ८ बोरा बेम्बो चम्चा, तमाखु, बिजुलीको बल्ब लगायतका मालसामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं। ४ बसपार्क नजिकबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । बरामद गरिएको अबैध सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।

यस्तै भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको २ लाख ४० हजार ९ सय मुल्य बराबरको जेन्स कुर्ता, ओखल लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरि टोलीले पाल्हिनन्दन गाँउपालिका वडा नं २ गोपालपुर स्थितबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए । बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए ।

त्यसैगरी भारतबाट अवैध रुपमा ल्याउदै गरेको २०० के.जी माछा अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं १६ हकुई स्थिबाट बरामद गरेको छ । उक्त माछाको ३६ हजार मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद माछा स्थानियको रोहवरमा खाल्डो खनि पुरी नष्ट गरीएको छ ।

Leave A Reply

Your email address will not be published.