Jilla Ban Notis

नवलपरासी जिल्ला प्रहरीद्धारा ६ लाख बराबरको सुर्ती बरामद ।

0 31

हरी शर्मा
परासी,श्रावण –२२
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ६ लाख बराबरको पाते सूर्ती बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याएको १५ सय केजी सूर्ती लुकाएर राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले बताउनुभयो । ६० वटा बोरामा राखिएको सूर्ती पाल्हीनन्दन गाउँपालिकाको चमनटोलाको खेतबाट बरामद गरिएको केसीले जानकारी दिनुभयो । कारोबारमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बरामद सूर्ती आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

कोरोना संक्रमणका कारण सीमा क्षेत्रको आवतजावतमा पूणर्रुपमा रोक लगाइए पनि दुवै देशतर्फ हुने अवैध कारोबारमा भने कमि आउन सकेको छैन । पछिल्लो पटक भारतबाट लत्ताकपडा, मोटर पार्टस र सूर्तीजन्य वस्तुको नेपाल तर्फ चोरी निकासी हुने गरेको छ । नेपालबाट भने भारततर्फ मटर९केराउ०को अवैध कारोबार हुने गरेको छ । प्रहरीले हरेक दिनजसो ३ देखि ४ लाखसम्मको मटर भारत लैजाने क्रममा बरामद गर्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.