Jilla Ban Notis

नवलपरासी जिल्लामा पनि नेपाली कांग्रेसद्धारा विरोध प्रदर्शन ।

0 21

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२९
नेपाली कांग्रेसको केन्द्रीय निर्देशन अनुसार आज नवलपरासी जिल्लामा पनि नेपाली कांग्रेस जिल्ला पार्टीले विरोध प्रदर्शन कार्य सम्पन्न् गरेको छ । सर्वसत्ताबाद,भ्रष्टाचारमा लिप्त,तनहुं घट्ना ,कोबिड–१९ प्रतिको गैर जिम्मेवारीपनको विरुद्धमा भन्दै आज नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो ।

नवलपरासीमा भएको विरोध प्रदर्शन पार्टीका जिल्ला सभापति विष्णु पौडेलकोको संयोजकत्वमा भएको थियो । पार्टी कार्यालय परासीबाट निक्लेको विरोध ¥याली मालटोल, जिल्ला अदालत, बुद्धचोक, जिल्ला प्रशासन कार्यालय हुंदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाली कांग्रेसका केन्द्रिय सद्स्य, एवं पुर्व गृहमन्त्री देवेन्द्रराज कण्डेल,संविधान सभा सद्स्यद्धय बिक्रम खनाल,देवकरण कलवार,उपसभापती अर्जुन पोखरेल ,लुम्बिनी प्रदेश सभा सद्स्य वैजनाथ जैसवाल,नगरप्रमुख तथा क्षेत्रीय सभापती नरेन्द्र कुमार गुप्ता,सरावल गाउंपालिका का अध्यक्ष्ँ एवं महासमिती सद्स्य राधेश्याम चौधरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रममा पार्टीका विभिन्न भातृत्व संघ संगठन र पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.