Jilla Ban Notis

नवलपरासी उद्योग वाणिज्य संघद्वारा सुनवल क्वारेनटाइनलाई सहयोग हस्तान्तरण ।

0 14

निशान परियार
सुनवल,चैत्र १३

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ जर्गाहमा स्थापना गरीएको अस्थाई क्वारेन्टाइन नवलपरासी उद्योग वाणिज्य संघले विभिन्न आवश्यक सामाग्री सहयोग हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका सामाग्रीहरुमा सेनिटाईजर ,खाद्यान्न ,भांडाकुडां लगायत सरसफाइका अन्य सामाग्रीहरु रहेका छन । सुनवल नगरपालिकाले स्थापना गरेको उक्त १ सय शैयाको क्वारेनटाइनमा अहिले विभिन्न कोरोना संक्रमित देश बाट फर्किएका तर कुनै पनि कोरोना सम्बन्धि लक्षण नदेखिएका आठ जना लाई राखिएको छ । तिनिहरुको लागि सहयोग होस भन्ने हेतुले आफुहरुले उक्त सामाग्री सहयोग गरेको उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.