Jilla Ban Notis

 नवलपरासीमा सिमानाकाबाट मानिसको आवात जावत रोकिएन।

0 34

बर्दघाट,बैशाख–२८
सिमा क्षेत्रमा हुन सक्ने अबैद्ध गतिविधि नियन्त्रण गर्न प्रत्येक दुई सय मिटरको दुरीमा सुरक्षा चेक प्वाइन्ट स्थापना गरि भारतबाट नेपाल र नेपालबाट भारत तर्फ आवत जावत पुर्ण बन्द गरिएको दाबी सुरक्षा निकायले गरेपनि पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाको पक्लिहवा, बलिनगर, ठाडिघाट, प्रतापपुर कठहवा, झुलनीपुर, बसहिया र सरावलको भुहजवा लगाएतका नाकाबाट आवतजावत बढ्न थालेको स्थानियहरुले बताएका छन । भारतबाट नेपाल आउने नेपालीको क्रम नरोकिनुलाई स्वास्थ्य चुनौती पनि थपिएको उनिहरुले जनाएको छ । सुस्ताको बनकट्टी, सगर दिनही लगाएतको नाकाबाट चिनि, सुर्ती, लागु औषध लागएतको समाग्री अति गोप्य ढंगबाट नेपाल भित्रिनुलाई चिन्ताको विषय रहेको बताउदै उनिहरुलेसुरक्षा निकायले सिमा क्षेत्र पुर्ण बन्द गरेको दाबी गरिरहदा अबैद्ध रुपमा मानिसको आवागमन र घुसपैठ रोक्न नसक्नु लाई सिमा क्षेत्रमा अर्थपुर्ण मानिएको बताएका छन । सिमा क्षेत्रमा हुने अबैद्ध क्रियाकलाप रोकथाम गर्न सुरक्षा निकायलाई सुरक्षा चुनौती पनि थपिएको महशु्स गरिएको छ । सुस्ताको रेवा र ठोकर नम्बर ११, २२ बाट साना डुंगा प्रयोग गरि केही समाग्रीहरु भारतबाट नेपाल भित्रिएको पनि पाइएको छ भने सोही क्षेत्रबाट अति गोप्य ढंगले केही भारतिय मानिस डुंगाबाट भारत जाने गरेको पनि बुझिएको छ ।
यसैगरि बर्षायाम सुरु हुदै गर्दा जिल्लाको प्रतापपुर र सरावल गाउपालिका अन्र्तगत पर्ने सिमानाकाबाट निर्वाध रुपमा भारतिय मोटरसाइकलमा धानको विउ ओसार पोसार भइरहेको पाइएको छ । आइतबार सरावलको भुजहवा नाका हुदै २० देखी २५ भारतिय प्लेट नम्बरको मोटरसाइकलमा धानको विउ लोड गरि प्रतापपुर गाउपालिकाको गोपिगन्ज तर्फ लैजादै गरेको र स्थानियले रोकि सोधपुछ गर्दा सिमा बाटै ल्याइएको बताएपछी सुरक्षाकर्मीलाई यसको अवगत गराउदा समेत सुरक्षाकर्मीहरु अनविज्ञ रहेको प्रतापपुर गाउपालिका वडा नम्बर १ का वडा सदस्य पृथ्वी कुमार थारुले जानकारी दिनुएको छ । थारुका अनुसार यसरी निर्वाध रुपमा आवात जावत गर्ने हो भने भोलीका दिनमा यो भाइरसले जिल्लामा पनि ठुलो महामारीको रुपमा देखा पर्न सक्ने भन्दै सुरक्षा ब्यवस्थालाई कडाईका साथ लागु गर्न समेत अनुरोध गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.