Jilla Ban Notis

नवलपरासीमा लागुऔषध सहित पाँच जना पक्राऊ ।

0 28

गौरीशंकर जयसवाल
परासी, बैशाख– २२

नवलपरासीमा लकडाउनमा लागुऔषध कारोबार गर्ने तस्कारहरुको सक्रियता बढेको पाईएको छ । जिल्लामा खुल्ला सिमानाको कारण लकडाउनको मौका छोपि लागुऔषध कारोबार गर्ने तस्कारहरुको सक्रियता बढेको पाईएको हो । सरकारले भारतमा कोरोना संक्रमण फैलिन साथ गरेको लकडाउन र सिमा क्षेत्रमा निगरानी बढाएपनि लागुऔषर्ध करोबार गर्ने गिरोह सक्रियता घटन सकेको छैन । सरकारले सिमानाकामा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाए पनि जिल्लामा खुल्ला सिमाना भएकोले रातीको समयमा लागुऔषध कारोबारी सक्रियता बढाएको देखिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी बढाएपनि खुल्ला सिमानाका कारण रातीको समयमा सिमानाकामा तारबार नहुदाँ लागुऔषध कारोबारी सक्रियता बढेको प्रहरीले जानएको छ ।
जिल्ला प्रहरी कार्यालयका कार्यबहक एसपी बिरेन्द्र कुमार थापाले लागुऔषध कारोबार गर्ने तस्कारहरुले जिल्लामा खुल्ला सिमानाका भएको कारण र रातको समयमा तस्कारहरु सक्रियता देखिएको बताए । उनले भने लागुऔषध तस्कारहरुले रातको समयमा खेतको बाटो प्रयोग गर्ने गरेकोले सिमानाकामा सुरक्षा गर्न खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी रोक्न चूनौती रहेको बताए । पछिल्लो समयमा सिमानाकामा सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सक्रियता बढाएको कार्यबहक एसपी थापाले बताए ।
यस्तै नवलपरासी प्रहरीले लागुऔषध कारोबारगर्ने तस्कारहरुलाई पक्राउ गरेको छ । जिल्लाको बिभिन्न ठाउँ र सिमानाकाबाट लागुऔषध कारोबारी तस्कारहरुलाई पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिकाको वडानंः १० नदवाबाट लागुऔषध कारोबार गर्ने एकै परिवारका तीनलाई पक्राउ गरेको प्रहरीले जानएको छ ।
पक्राउ पर्नेमा रामग्राम नंपा १०बस्ने ४५ बर्षिय मिना कुर्मी,सोही ठाउँका द्धय २२ बर्षिय नरेश कुर्मी,२४ बर्षिय मुकेश कुमी र रामग्राम नगरपालिका वडानं ६का पोखारापाली बस्ने ४५ बर्षिय प्रेम अग्रहरी रहेको कार्यबहक एसपी थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको टोलीले तीनीहरुको घरबाट खानतालिसी गर्दा ७०० ग्राम गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पाँच जनालाई लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी अनुसान्धन कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले चेकजाँच क्रममा रामग्राम नगरपालिकाको वडानं १२ पचँगावाबाट लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिकाको वडानं १०बस्ने ३४ बर्षिय भगवल घलेलाई पक्राउ गरेको हो ।
भरतबाट नेपाल भित्राउदै झोलामा लुकाउदै ल्याउदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा नुफिन १५०एम्फुल डाईजेपाम १५० एम्पुल,फेनार्गन १५० एम्पुल सहित पक्राउ गरीएको थापाले जानकारी दिए । लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी अनुसान्धन कार्य भैरहेको प्रहरीले जनाएको छ ।
यता
बर्दघाट सुस्ता पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्नका लागि प्रहरी उपरीक्षक (एस.पि.) अजय के.सि.आउनु हुने भएको छ । उहां नआउन्जेल सम्मका लागि जिल्ला प्रहरी कार्यालयमा कार्यबहकका रुपमा एस.पी. बिरेन्द्र कुमार थापा रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.