Sarawal sit lahar Notis

नवलपरासीमा तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस संचालन हुने

170

गौरीशंकर जयसवाल

परासी १० पुस
पश्चिम नवलपरासीमा परिवार नियोजनको अस्थायी साधन सायना प्रेस संचालन हुने भएको छ । परिवार नियोजन नवलपरासीले जिल्लामा परिवार नियोजनको अस्थायी साधन सायना प्रेस संचालन गर्न लागेको हो ।

आज परासीमा परिवार नियोजन संघ नवलपरासीमा आयोजना गरेको सायना प्रेस सम्बन्धी पत्रकारहरुसंग अभिमुखिकरण कार्याक्रममा जानकारी गराउदै जिल्लामा सम्भवत पहिलो पटक परिवार नियोजनको अस्थायी साधन सायना प्रेस गर्न लागिएको परिवार नियोजन संघ नवलपरासीका शाखा प्रबन्धक यामनाथ पौडेलले जानकारी दिए ।

उनको महिलाहरुले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा सुचारु गर्न लागिएको बताए । तीन महिने निरोधक अस्थायी साधन सायना प्रेस जिल्लामा जनवरीदेखी सेवा सुरु गर्न लागिएको शाखा प्रबन्धक पौडेलले जानकारी दिए ।

महिलाहरुले हरेका तिन महिना निरोधक अस्थायी साधन सायना प्रेस लागाउनुपर्ने यो साधन तिघ्रा र पेटमा पनि लगाउन सकिने परिवार नियोजनमा कार्यरत नर्स अञ्जली श्रेष्ठले बताईन ।

उनले भनिन् सायना प्रेस पनि अन्य परिवार नियोजनको साधन मध्ये एक होे यो प्रभावकारी छ भनेर प्रमाणित भईसकेको छ त्यसैले ढुक्क् भएर प्रयोग गर्न सकिन्छ यसको प्रभावकरीता ९९ प्रतिशत रहेको र त्यसैले ढुक्कभएर प्रयोग गर्न सकिन्छ ।

सायना प्रेस साधन स्वास्थ्यकर्मीहरुसंग परामर्श लिई महिलाहरुले आफै पनि लागउन पनि सकिने तर सेवा प्रदायक संस्थाले अनुमति नदिएको श्रेष्ठले बताईन । एक पटक लागएपछि तीन महिना गर्भ रहनबाट रोक्ने यो सुई महनिवारी भएको सात दिनभित्र त्यसपछि मात्र पहिलो पटक लागएको ३ महिनाको अन्तरालमा लगाउनुपर्छ महिनवारी पर्खिरहनु पदैन र स्तनपान गराई रहेकी सुत्केरी महिलाको हकमा ६ हप्तापछि लागाउने मिल्ने रहेको नर्स श्रेष्ठले बताईन ।

उक्त साधन २४ घण्टाभित्र काम गर्न सुरु र प्रजनन उमेरका सबै महिला तथा किशोरहिरुले प्रयोग गर्न र सायना प्रेस १ सय ४ मिली ग्राम रहेको श्रेष्ठले जानकारी दिईन । सायनाप्रेस सुई प्रयोगको केही महिनवारी अनियमित हुने सक्ने र बरु महिनवारी हुदाँ रगत नै नै नदेखिने सक्छ केही महिलाको तौलघटबढ हुन सक्ने असर गर्ने श्रेष्ठले बताईन । नेपालमा धादिङ्ग सिन्धुली, रोल्पा र नवलपरासीमा यो कार्यक्रम संचालन रहेको छ ।

Comments are closed.