Jilla Ban Notis

नवलपरासीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८२ पुग्यो ।(अवस्था यस्तो )

0 16

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या १ हजार १ सय ८२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने १९ पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ७ हजार १ सय ६ जनाको स्वा संकलन गरिएकोमा ६ हजार २ सय २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार१ सय ८२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी १४ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरीएको छ । आजको मिति सम्ममा कुनै पनि ब्यक्तिहरु पालिकाहरुले बनाएको क्वारेन्टाईनमा नरहेको र होम क्वारेन्टाईनमा मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।

आज मात्र जिल्लाको कोरोना संक्रमितको अवस्था यस्तो रहयो ः–

बर्दघाट न.पा. वडा नं. ४ का वर्ष ३२ र ४९ का २ जना पुरुष, वर्ष २९, ३३ र ७० की ३ जना महिला, वडा नं. ५ की वर्ष २९ की १ जना महिला, वडा नं. १२ का वर्ष २३ र ४७ का २ जना पुरुष ।

सुनवल न.पा. वडा नं. २ का वर्ष १७ का १ जना पुरुष, वडा नं. १३ का वर्ष ५६ का १ जना पुरुष ।

रामग्राम न.पा.वडा नं.  ३ की वर्ष २४ की १ जना महिला ।

सुस्ता गा.पा. वडा नं. १ का वर्ष ५६ का १ जना पुरुष

सरावल गा.पा. वडा नं. १ की वर्ष २५ की १ जना महिला र वडा नं. ३ का वर्ष ३३ का १ जना पुरुष ।

बर्दघाट न.पा. वडा नं. ४ की ७० वर्षीय १ महिलाको मृत्यु ।

Leave A Reply

Your email address will not be published.