Jilla Ban Notis

नवलपरासीको सिमामा गोली चल्दा एक जना घाईते

0 22

श्याम थापा/सहबान अन्सारी
बैशाख–५

नवलपरासीको सिमामा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक स्थानीय युवक घाइते भएका छन् प्रतापपुर गाउँपालिका वडा नं। ६ कठहवा बर्ने २२ बर्षिय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका हुन ।
प्रतापपुर गाँउपालिका वडा नं। ६ कङ्गलीखोलाको पुर्व तर्फ आज बिहान २ जना युवक भारततर्फ आवश्यक सामान लिन जान खोज्दा सिमामा खटिएका सशस्त्र प्रहरीटोलीले रोक्न खोज्दा विबाद सिर्जना भएपछी स्थानियहरु जम्मा भई प्रहरीसंग केही समय झडप भएको स्थानिय बताउछन
५०÷६० जनाको समूहमा आएका स्थानीयहरुले शसस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रृ ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्रहुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो । ’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । गोली लागेर घाईते हुनेमा प्रतापपुर गाउँपालिका–६ का अन्दाजी २२ वर्षिय अविनाश राजभर छन् । उनको शहिद स्मृती अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गंभिर छ । भिडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाईते भएको र उनको टाउकोमा गंभिर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.