Jilla Ban Notis

नवलपरासीको सिमानाकामा ६५ नेपाली अलपत्

0 21

 

सहबान अन्सारी
परतापपुर,बैशाख ३०
नवलपरासीमा भारतसँग सीमा जोडिएका प्रतापपुर गाँउपालिका र सुस्ता गाँउपालिकाको विभिन्न नाकामा करिब ६५ जना नेपाली अलपत्र परेका छन् ।
भारतका विभिन्न शहर गुजरात,महाराट्र,राजस्थान लगायत ठाँउहरुबाट रोजगारी गरेर स्वदेश स्वदेश फर्कने क्रममा ति मानिसहरुलाई सिमामा तैनात सशस्त्र प्रहरीले नेपाल भित्रिन रोक लगाएको छ ।
जिल्लाको झुलनीपुर नाकामा १७ जना बलिनगरमा ४७ जना र सितलापुरमा १ जना नेपाली स्वदेस फर्कने क्रममा दुई दिन देखी अलपत्र परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले जनाएको छ ।
जिल्लाको विभिन्न ठाँउहरुमा आउनुपर्ने भएको हुदाँ सीमा क्षेत्रमा अलपत्र परेकाहरु असुरक्षित खुला आकाशमुनी कष्टकर तरिकाले रात गुजारिरहेका छन् ।
भारत लगायत बिभिन्न देशहरुबाट आउने सम्पुर्ण नेपालीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागी करिब १४ दिन अनिवार्य क्वारेन्टाईनमा बसेर परिक्षण पछि मात्र घर फर्कने ब्यवस्था हरेक स्थानिय सरकारले गरेको छ ।

Leave A Reply

Your email address will not be published.