Jilla Ban Notis

नवलपरासीको सबै सिमानाका पूर्णरुपमा बन्द ।

आवत जावतमा कडाई ।

0 17
गौरीशंकर जयसवाल
परासी ९ चैत्र
भारतमा कोरोना भाईरसको संक्रमण तिव्र भएपछि पश्चिम नवलपरासीको सिमा नाका बन्द गरिएको छ । पश्चिम नवलपरासीमा रहेको बिभिन्न स्थानमा  सिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको हो ।   आज बिहानदेखी नै  सिमानाका पूर्ण रुपमा बन्द गरिएको  प्रमुख जिल्ला  जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । नवलपरासीसंग जोडिएको महेशपुर नाका, भुजहवा नाका,लक्षमीपुर सिमानाका,झुलनीपुर बिष्णुपुर सिमानाका पूर्ण रुपमा बन्द गरिएको घिमिरेले जानकारी दिए ।  अहिले नेपालीहरु छोटो समयका लागि भारत तर्फ प्रवेश दिईएकोा छैन् भने भारतीयहरुलाई पनि नेपाल तर्फ आउन नदिएको प्रहरीले जनाएको छ । छोटो समयका लागी प्रवेश गर्ने नेपालीहरुलाई भारत तर्फ जान भारतीय प्रहरीले पनि कडाई गरेको छ । तर भारतबाट नेपाल घर भएर र्फकन चाहानेलाई भने रोकतोक नगरिएको तर अहिले आएर भारतबाट आउने भारतीयहरुलाई नेपाल प्रबेश गर्न नदिएको महेशपुर सिमा प्रहरी चौकीका ईस्पेटर महेश्वर उपाध्याले बताए ।ती सबै नाकाहरुमा नेपाल प्रहरी शास्त्र प्रहरी र महेशपुर सिमानाकामा नेपाल प्रहरी शास्त्र प्रहरी र नेपाल आर्मी समेत सिमानाकामा खटाईएको छ । नेपालमा रहेका भारतीयहरुलाई प्रहरीले उनीहरुलाई भारततर्फ भने जानदिएको छ भने भारतबाट आउने कुनै पनि भारतीयहरुलाई नेपाल प्रबेश गर्न नदिएको उपाध्याले बताए । पश्चिम नवलपरासीको सबै सिमानाकामा हेल्थ डेक्स स्थापान गरिएको छ । सिमानाकामा बन्द भएपछि सिमानाका तर्फ चल्ने सबै सवारीसाधन बन्द भएका छन । परासीमा क्वारेन्टाईनका लागी आर्दश मावि परासीको कक्षा कोठाहरु प्रयोग गरिने भएको छ ।  क्वारेन्टाईनका लागी आवश्यक तयारी थालिएको र आवश्यक व्यवस्था गरिने दाहालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.