Jilla Ban Notis

नवलपरासीको पाल्हिनन्दनमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

0 35

महेश यादव
सरावल,११ बैशाख

नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं। ५ मा रहेको ज्योति संवाद केन्द्र र परिबर्तन सवाद केन्द्रको सयुक्त आयोजना तथा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसनको सहयोग र पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

ज्योति सवाद केन्द्र सहयोग समितिको अध्यक्ष पप्पु बानियाँको अध्यक्षता तथा वडा नं।५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ताको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम बाट बालबालिका मा एउटा राम्रो सिकाई हनुका साथै उनिहरु भित्र रहेको ज्ञान लाई प्रतिस्फुटन गर्न र अगाडि बढाउन समेत सहयोग पुगेको बताउनु भएको थियो ।
कोरोना महामारीको समयमा हजारौं बालबालिका पढाइ बाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै यश हाजिरी जवाफ प्रतियोगिता बाट बालबालिकामा सिकाई हनुका साथै कोरोना को जोखिम बाट बच्न तरिकाको समेत सिकाइ हनुेबताउनु भयो ।

किशोर किशोरीहरुको भित्र लुकेको कला प्रतिभा , क्षमता लाई संरक्षण गर्न र मनोबल बढाई स्थानीय स्तर देखि राष्ट्रिय स्तरसंम पुर्‍याउनको लागि गरिएको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम मा पाल्हिनन्दन गाउँपालिकामा रहेको ६ वटा संवाद केन्द्रका किशोर किशोरीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कृष्ण संवाद केन्द्र सिसवा प्रथम तथा ज्योति संवाद केन्द्र गेरमा दृतिय र शिवा पारबति संवाद केन्द्र गेरमा तृतीय स्थान हासिल गरेको थियो । प्रथम ,दृतिय ,तृतीय स्थान हासिल हुनेलाई कप ,मेडल सहितको पुरस्कार दिएको हो।

Leave A Reply

Your email address will not be published.