Jilla Ban Notis

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा मदारबाबाको विकास गर्ने तयारी

कुतबुलमदार शाह दरगाह कमेटीको चौथो बार्षिक साधारण सभा सम्पन्न् ।

0 32

कृष्ण ढकाल
बर्दघाट,मंसीर–७
धार्मिक एकता र सद्भावको नमुना प्रदर्शन गरीरहेको नवलपरासीको मदारबाबालाई प्रदेश विभाजनसंगै विभाजन गर्न खोजीएको प्रती मदारबाबा मेला व्यवस्थापन समिती लगाएत सरोकारवालाहरुले आपत्ति जनाएका छन् । उनीहरुले हिन्दु र मुस्लीम समुदायको साझा धार्मिक आस्थाको केन्द्रका रुपमा सुस्ता गाऊपालिकाको उत्तरी सिमानामा रहेको मदरबाबालाई प्रदेश चारका केहि ब्यक्तिहरुले आफ्नो क्षेत्रमा पर्छ भनि गलत प्रचार गरेको भन्दै आपत्ति जनाएका थिए । कुतबुलमदार शाह दरगाह कमेटीको चौथो बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सो आपत्ति जनाएका हुन ।

आज सत्तपत्ति चुहाडीमा कुतबुलमदार शाह दरगाह कमेटीको चौथो बार्षिक साधारण सभामा बोल्ने सबै बक्ताहरुले गलत प्रचारको पछि नलागी आफ्नो कार्यमा निरन्तर रुपमा अघिबढ्नु पर्नेमा जोड दिएका थिए ।
कुतबुलमदार शाह दरगाह कमेटीका निजामुद्धीन मियाको अध्यक्षता र पूर्वस्थानीय बिकास राज्यमन्त्री घनश्याम यादवको प्र्मुख आतिथ्यतामा चौथो बार्षिक साधारण सभा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि यादवले हिन्दु र मुस्लीमको साझा आस्थाको धार्मिक महत्व बोकेको मदरबाबालाई धार्मिक पर्यटकीय क्षेत्र हिसाबले तीन तहको सरकार लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

यस्तै सोही कार्यक्रममा बोल्दै सुस्ता गा“उपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले मदारबाबाको बिकास र संरक्षणको लागि गाउ“पालिकाले बजेट बिनियोजन गरेर त्यसक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने योजना सहित लागि परेको बताउनु भयो । उहांले अहिले मदरबाबाको समाधी स्थल सम्म पुग्ने वाटोमा सिढीं बनाउने कार्यको शुरुवाद गर्ने तयारी गरीएको बताउदै केहि समय पछि केवुल कारको कार्य थालनी गरीने समेत बताउनु भयो । अध्यक्ष पाण्डेले मदरबाबालाई धार्मिक तथा पर्यटकीय रुपमा बिकास गर्नको लागि २५ लाख बजेट गाउपालिकाले बिनियोजन गरेको समेत बताउनु भयो ।

आज भएको मदरबाबा मेला व्यवस्थापन समितीको चौथो बार्षिक साधारण सभामासाधारण सभामा सुस्ता गाउ“पालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनी,वडाध्यक्ष कृष्णलाल मुखिया, मदरसा समन्वय समितिका अध्यक्ष बुद्धन अलि, मदारबाबाका मठाधिस अमिरुल्लाह अन्सारी, मौलाना अब्दुल मजिद, महबुब आलम, आलमगिर निजामी, जाकिर हुसेन, हरिलाल दुसाध लगायतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.