Jilla Ban Notis

दुर्गा आधारभुत बिधालय मझौनिया र नव जिवन मा बि बाढीपीडित मा न्यानो कपडा बितरण ।

0 36
बर्दघाट,माघ–१३
बर्दघाट नगरपालिका र बर्दघाट उद्योग वाणीज्य संघले संयुक्त रुपमा नगरका दुई विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । नगर र संघको न्यानो कपडा वितरण अभियान अन्र्तगत उक्त दुर्गा आधारभुत बिधालय मझौनिया र नव जिवन मा बि बाढीपीडितमा न्यानो कपडा स्विटर बितरण गरिएको  बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । विद्यालयले छनौटगरेका अति विपन्न् तथा गरीव परिवारका विद्यार्थीहरुलाई लक्षीत गरी न्यानो कपडा वितरण गरीएको हो । बर्दघाट नगर उप प्रमुख माया देवि पौडेल,र बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले संयुक्त रुपमा वितरण गनुए भएको थियो । सोअवसरमा नगरपालिका तथा उद्योग वाणीज्यं संघका अन्य पदाधिकारी तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.