Jilla Ban Notis

दुधको बजार ब्यवस्थापनमा समस्या ः देवकोटा

0 38

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
पशुपालक किसानहरुले दुध उत्पादन गरेपनि त्यसको बजार ब्यवस्थापनमा समस्या रहेको केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनु भएको छ । उहांले अब किसानहरुले उत्पादन गरेको दुध कृषि सहकारी कार्फत बजारीकरण हुन जरुरी रहेकोमा जोड दिनु भएको छ ।
चन्द्रोदय बहुउद्धेशीय सहकारी संस्था बर्दघाट–१४ मा भएको कोभिड किसान राहत वितरण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष देवकोटाले उक्त कुरा बताउनु भएको हो । उहांले डेरी ब्यवसायिहरु आफ्ना प्रतिष्प्रर्धि नभएको समेत बताउनु भयो ।
झोलामा कृषि फर्म बोक्ने अनुदान पाएको र वास्तविक किसानलाई अनुदानका वारेमा जानकारी नै नभएको भन्दै अहिले उत्पादनमा आधारीत अनुदान केहि प्रभावकारी भएको बताउनु भयो । अअझैपनि किसान मुखी निति तथा कार्यक्रमको अभाव रहेको उहांको चनाई रहेको थियो ।

चन्द्रोदय बहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष एवं नवलपरासी दुग्ध उत्पादक संघका अध्यक्ष पूर्ण प्रसाद तिमिलसिनाको अध्यक्षता र केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कोभिड किसान राहत वितरण कार्यक्रममा दुग्ध उत्पादक संघरुपन्देहीका अध्यक्ष्ँ लेखनाथ पाण्डे,गोकुल दुग्ध उत्पादक सहकारीका हरि प्रसाद काफ्ले बर्दघाट नगरपालिका पशुपंक्षी शाखा प्रमुख भरत लम्साल लगाएतले आ–आफ्नो भनाई राखेका थिए ।
उनीहरुले दाना,घांस,चापट र श्रमीकको मुल्य बढ्दा किसानले उत्पादन गरेको दुधको मुल्य नबढेकाले उत्पादन लागत बढ्न गएको कारण किसान मारमा पर्ने गरेको गुनासो गरेका थिए । किसानहरु अहिले निर्वाह मुखिवाट केहि ब्यवसायिक तर्फ आकर्षित भैरहेका बेला उनीहरुले उत्पादन गरेको दुधको मुल्य भन्दा उत्पादन लागत बढी पर्न गएपछि पेशावाट नै विस्थापित हुने खतरा बढेर गएको उनीहरुको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.