Sarawal sit lahar Notis

दिब्य शान्ती इकोपार्कमा ७ थान ट्री गार्ड सहयोग ।

0 73

कृष्ण ढकाल
बर्दघाट,पौष २८

लायन्स क्लब अफ नवलपरासी दाउन्नेले बर्दघाट नगरपालिका वार्ड न ४ दिब्यनगरमा रहेको दिब्य शान्ती इको पार्कमा ७ थान ट्री गार्ड सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्विन जोनेसको जन्मोत्सवको अवसरमा उक्त ट्री गार्ड सहयोग गरेको क्ल्बका अध्यक्ष्ँ रमेश कुमार श्रेष्ठले बताउनु भएको छ ।

१४५ औं मेल्भिन जोन्स सेवा सप्ताह अन्र्तगत दिब्य शान्ती इको पार्क संरक्षण समिती अध्यक्ष गोपाल सिंह राना तथा दिब्य शान्ती युवा क्ल्बका अध्यक्ष खेमबहादुर राना र क्ल्बका सचिब जीवन न्यौपानेलाई संयुक्त रुपमा उक्त ७ थान ट्री गार्ड हस्तान्तरण गरेको थियो ।

ट्री गार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्ल्ब अफ नवलपरासी दाउन्ने २०२४ का अध्यक्ष रमेशकुमार श्रेष्ठले दिब्य शान्ती इको पार्क परिसरमा लायन्स कर्नर निर्माण गर्ने इच्छा रहेको र त्यसको लागि आफुले आफ्नो टिमसंग सल्लाह गरी अघिबढ्ने समेत बताउनु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेका सचीव अर्जुन प्रसाद पौडेलको सन्चालन रहेको उक्त कार्यक्रममा स्थायिन वासीहरुको समेत उपस्थिती रहेको थियो ।
यसै विच
आफ्नो गाउँ आफै बनाऔ भन्ने अभियान अन्तर्गत पार्कको सरसफाइ तथा फुलबारीको गोडमेल तथा संरक्षणका लागि श्रमदान गर्ने कार्य पनि सम्पन्न् भएको छ । यो अभियान अब प्रत्येक सनिबार को दिन नियमित सञ्चालन गरिने जानकारी दिब्य शान्ती युवा क्ल्ब का कार्यसमिति सचिब जीवन न्यौपाने ले गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.