Jado Notish Bardaghat

दिब्यज्योति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सागरमणी पाण्डे ।

0 40

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१०
दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट–२,चिसापानीको क्याम्पस प्रमुखमा सागरमणी पाण्डे नियुक्त हुनु भएको छ । आज बसेको क्याम्पस सञ्चालक समितिको बैठकले दिब्यज्योति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सागरमणी पाण्डेलाई नियुक्त गरेको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वृहस्पति अधिकारीको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा बसेको क्याम्पस सञ्चालक समितिको बैठकले सागरमणी पाण्डेलाई क्याम्पस प्रमुखमा र दिपक खड्कालाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको गरेको हो ।

नियुक्तिसंगै सामुहिक तस्विर लिदै

क्याम्पस प्रमुखमा नवनियुक्त हुनुभएका पाण्डेले नियुक्त भएसंगै सात बुंधे प्रतिवद्धता समेत जाहेर गर्नु भएको छ । पाण्डेले अब दिब्यज्योति बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गर्ने देखि सबै पक्षसंग समन्वयकारी भूमिकागर्दै अघि बढ्ने सम्मको प्रतिबद्धता जाहेर गर्नु भएको छ । त्यसैगरी क्याम्पसको वृहत्तर विकासका लागि अहोरात्र खट्ने,बिद्यार्थीहरुको अनुसाशनमा जोड दिने,बि.बि.ए. कार्यक्रम सञ्चालनको ब्यवस्था गर्ने,क्यू.ए.ए.लाई नविकरण गरी अघिबढ्ने,समय सापेक्ष कार्यक्रमहरु संञ्चालन गर्ने जस्ता प्रतिवद्धताहरु जाहेर गर्नु भएको थियो ।

चारबर्षे कार्यकाल रहने क्याम्पस प्रमुखको जिम्मेवारीमा यस अघि बिष्णु लम्साल रहनु भएको थियो । चार बर्षे कार्यकाल अर्थात २०७५ साल मंसिर १६ गते लम्सालको कार्यकाल सकिएपनि विचमा केहि समस्या र कोभिडका कारणले लम्सालले ५ बर्ष बढी क्याम्पस प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.