Jilla Ban Notis

दादुरा रुवेला खोप सञ्चालन सम्बन्धि नगर स्तरीय अभिमुखिकरण गोष्ठि सुनवलमा सम्पन्न ।

0 41

पुजा लम्साल
सुनवल,फागुन १३
नवलपरासीको सुनवलमा दादुरा रुवेला खोप सञ्चालन सम्बन्धि नगर स्तरीय अभिमुखिकरण गोष्ठि मंगलबार सम्पन्न भएको छ । यहि फागुन १४ गते देखि २० गते सम्म जन्मेदेखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियोथोपा र ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई दादुरा रुवेला खोप अभियान सम्बन्धि नगरस्तरीय अभिमुखिकरण मंगलबार सुनवल नगपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो । सो अवसरमा दादुरा रुवेलाको देशभरको अवस्था र खोपको आवश्यकताका बारेमा सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले प्रस्तुतिकरण दिनु भएको थियो । कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको अध्यक्षता तथा नगरउपप्रमुख दधिराम अर्याल, वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु,नगरभित्रका स्वास्थ्यकर्मिहरुको उपस्थिति रहेको थियो ।
सुनवल नगरपालिका भित्र रहेका बिभिन्न स्थानमा खोप केन्द्रहरु तोकिएको छ । अभियानको पहिलो दिन बुधबार सुनवल नगरपालिकाका ५ वटा वडामा खोप कार्यक्रम संचालन गरिने भएको छ । वडा नं १० को क्लव भवन, वडा नं ४ को आधारभुत स्वास्थ्य केन्द्र, वडा नं २ को आमा समुह भवन मुखिया टोल र महिला स्वास्थ्इ स्वयम्सेबिकाको घरमा खोपकेन्द्र तोकिएको छ । यसैगरि वडा नं ३ को बडेरा खोप केन्द्रमा र वडा नं १२ को दुर्गा मन्दिर खोप लगाइने सिनियर अहेव अधिकृत चुरामणि नेपालले जानकारी दिनुभयो । तोकिएको खोप केन्द्रमा छुटेका बालबालिकालाई अर्को दिन नजिकको खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरीएको उहाले जानकारी दिनु भयो । यस अभियानबाट सुनवल नगरपालिकाले ५ हजार ९ सय ६० जना बालबालिकालाई पोलियो र ४ हजार ९सय ७९ जना बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

Leave A Reply

Your email address will not be published.