Jilla Ban Notis

दादुरा-रुबेला खोप अभियान २०७६ र ७७

दादुरा–रुबेला रोग भएमा के के जटिलता हुन सक्छ ?

0 148

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस [रुवेला भाईरस ]कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ । यो भिडियो हेनुस्

https://www.youtube.com/watch?v=C_fI2wSYJCU 
                                                                     लक्षणहरू

 

ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु .
रुघा खोकीको लक्षण चिन्हहरू [ नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता ]
रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण [ ज्वरो ] देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ

दादुरा–रुबेला रोग भएमा के के जटिलता हुन सक्छ ?

दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण  कम्पन रुवेलाबाट हुने जटिलतास् हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण ९भलअभउजबष्तिष्क०, गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग  [अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी] , रगत जम्ने क्षमतामा कमि [ रक्तस्राव ] आदि यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।

दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

दादुरा-रुबेला खोप अभियान २०७६ र ७७

नेपाल सरकारले आगामी फागुन र चैत महिनामा दादुरा रुवेला खोप अभियान शुरु गर्दैछ । यो अभियान अन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ । यदि सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ । दक्षिण पूर्वी एसियामा सन् २०२३ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको साथै नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ । नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केहि ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलन सक्ने सम्भावना अझै रहन्छ । दादुरा–रुबेला खोप लगायत अन्य खोपहरू विश्व स्वास्थ्य संगठनबाट गुणस्तरीयता प्रमाणिकरण भई नेपालको राष्ट्रिय नियमन निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भए पछि मात्र उपलब्ध हुन्छन् । नेपाल सरकारबाट निशुल्क उपलब्ध हुने यी खोपहरू सुरक्षित, गुणस्तरीय र प्रभावकारी छन् ।     @  युनिसेफ अनलाईनवाट साभार

Leave A Reply

Your email address will not be published.