Jilla Ban Notis

तिलोत्तमाको आइसोलेसन सेन्टर सञ्चालनमा

0 27

रुपन्देही , जेठ २६
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्वतयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य चौकीबाट नियमित प्रवाह हुदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्ँँन्तरण गरी आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । आइसोलेसन सेन्टरमा १ जना चिकित्सक,१ जना नर्स सहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी खटिएका छन् । बुटवल कोरोना अस्पतालस“गको समन्वयमा कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकाहरु लाई आइसोलेसनमा राख्न थालिएको छ । आज सम्म आरडिटी पोजेटिभ देखिए पनि पिसिआरको नतिजा आइनसकेका समेत गरी १४ जनालाई आइसोलेसनमा राखिएको आइसोलेशन ईञ्चार्ज केशव भट्टराईले बताउनुभयो ।
२० बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको ईञ्चार्ज भट्टराइको भनाई छ। आइसोलेसन सेन्टरमा आइसियु र भेन्डिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ । आइसोलेसन सेन्टरब्ँँट २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागी नगरपालिका को तर्फबाट २ जना चिकित्सक तथा १ जना स्टाफ नर्स नियुक्त गरेको छ। कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी पू“र्वाधार निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । कोरोना महामारी नियन्त्रणका लागी थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउनेछ । त्यसै गरी तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्तर्गत शंकरनगर र कोटिहवामा क्वारेन्टाइन समेत सञ्चालनमा राखेको छ।

Leave A Reply

Your email address will not be published.