Jilla Ban Notis

टयाक्टर दुर्घटनामा एकको मुत्यु

0 75

गौरीशंकर जयसवाल

परासी, २४ असार
पश्चिम नवलपरासीमा टयाक्टर पल्टीदा एक जनाको घटनास्थालमै मुत्यु भएको छ । नवलपरासीको रामग्राम नगरपालिका–४ पाल्ही क्याम्पस चोकमा रड लोड गरी लैजादै गर्दा ट्याक्टर अनियन्त्रीत भएर पल्टीदा आज एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पाल्ही ट्रेडर्सबाट रड लोड गरेर महेशपुरतर्फ जादै गरेको लु २ त २४६८ नं को ट्याक्टर पल्टीदा भारत घर भई सोही पसलमा काम गर्ने २५ वर्षीय अंगद कुर्मीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले बताए । ट्याक्टर चालक भने सकुशल रहेको डिएसपी लामाले बताए ।
ट्याक्टरमा लोड गरेको रडको माथि मृतक कुर्मी बसेका थिए भने पल्टीदा रड र ट्याक्टर दुबैले च्यापेको बताइएको छ । ट्याक्टर सडकबाट पानी जमेको स्थानमा पल््टीएको र पानीमा निसास्शियर कुर्मीको मृत्यु भएको डिएसपी लामाले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.