Jilla Ban Notis

ज्येष्ठनागरिक ,पूर्ण अपांग र अतिबिपन्न परिवारहरूलाई ब्लाङ्ककेट बितरण

0 54

गौरीशंकर जयसवाल
परासी ७ माघ
रामग्राम नगरपालिका वडा नंं ११ले आफ्नो वडाका ज्येष्ठनागरिक ,एकल महिला र पूर्ण अपाङ्ग, अतिअसक्त अपाङ्ग तथा अतिबिपन्न परिवारहरूलाई ब्लाङ्गकेट बितरण गरिएको छ ।
वितरण कार्यको शुरुवाद रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवले गर्नु भएको थियो । बितरणकार्य पश्चात नगर प्रमुख यादवले नगरबासीको समस्या पहिचान गरि नगरपालिकाले नगरवासीको चाहना र भावना अनुसार काम गरेको बताउनु भएको थियो । उहांले नगरका जनप्रतिनिधि भनेको शासश नभै सेवक भएको धारणा राख्नु भएको थियो ।

ज्येष्ठनागरिक, एकल महिला, पूर्ण अपाङ्ग,अतिअसक्त अपाङ्ग, अतिबिपन्न परिवारहरूको समस्या समाधान तर्फ सधैभरि नगरपालिकाले अग्रसर रहेको नगरप्रमुख यादवको भनाई रहेको थियो ।
वडामा बृद्ध भत्ता खाने ज्येष्ठनागरिक,एकल महिला पूर्ण अपाङ्ग, अतिअसक्त अपाङ्ग, अतिबिपन्न परिवार र बालबालिकाहरूको पहिचान गरि जाडो छल्नको लागि व्लाडकेट बितरण गरिएको वडान ११ वडाअध्यक्ष धनिराम यादवले जानकारी दिए ।
उनको अनुसार ज्येष्ठनागरिक,एकल महिला पूर्ण अपांग अतिअसक्त अपांग अतिबिपन्न परिवार १ सय ३७ जना र बालबालिका गरि १ सय ५० जनालाई ब्लाङ्गकेट बितरण गरिएको थियो । वडाले सधैभरि वडा बिकास र वडाबासीको समस्यामा परेको बेलमा समस्या समाधान तर्फ वडाकार्यालय अग्रसर रहेको वडाअध्यक्षले बताउनु भएको थियो ।कार्यक्रममा नगरकार्यपालिका सदस्य भगौती चौधरी,वडा न ११का वडा सचिव रमेश नेपालले लगायतले आ(अफानो धारण राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.